च्यातिएका मतपत्र काठमाडौ पठाइयो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १३, २०७४
|
|
१९ पटक हेरिएको
Shares
च्यातिएका मतपत्र काठमाडौ पठाइयो

सारांश

  • सुर्य प्रसाद अधिकारी,१३ असार,चितवन     भरतपुर १९ को मतगणनाका क्रममा च्यातिएका ९० वटा मतपत्र आज सर्वाेच्च पठाईएको छ ।
  • जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालय चितवनले आज विहान चितवनबाट मतपत्र काठमाडौ पठाएको हो ।
  •   भरतपुर महानगरपालिका वडा नं.

सुर्य प्रसाद अधिकारी,१३ असार,चितवन

 

 

भरतपुर १९ को मतगणनाका क्रममा च्यातिएका ९० वटा मतपत्र आज सर्वाेच्च पठाईएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालय चितवनले आज विहान चितवनबाट मतपत्र काठमाडौ पठाएको हो ।

 

भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणना विवादबारे सर्वाेच्चले मागेको कागजपत्र सहित च्यातिएकोमतपत्र पठाईएको हो । हिवान ८ः१५ बजे बुद्ध एयरबाट मतपत्र पठाईएको हो । भरतपुरको कभर्डहलमा कपडाले पोको पारेर राखिएको मतपत्रलाई मतपेटिकामा राखेर शिल गरी पठाईएको छ ।

 

मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपाने, सहायक मतदान अधिकृत गम्भीर घिमिरे र प्रहरी नायव निरीक्षक गोविन्द श्रेष्ठ मतपत्र लिएर काठमाण्डौं जानु भएको छ । बिहानः ८ः१५ बजेको बुद्धएयरको फ्लाईट नम्बर ३६० ९ एन ए आई टी विमानबाट उहाँहरु काठमाण्डौं जानु भएको हो । उक्त मतपत्र आजै सर्वाेच्च अदालत बुझाईने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?