आगलागीमा परी बहिनीको मृत्यु, दिदी घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
आगलागीमा परी बहिनीको मृत्यु, दिदी घाइते

सारांश

  • डडेल्धुरा, १५ फागुन ,आलिताल गाउँपालिका– ८ गोदाममा भएको आगलागीमा परी एक बालिकाको मृत्युको छ भने एक गम्भीर घाइते भएकी छिन ।
  • मङ्गलबार राति करीब ८ बजे गोदाम बजारस्थित उत्तम थापाको किराना पसलमा आगलागी हुँदा थापाकी आठ वर्षीया छोरी आरतीको मृत्यु भएको छ भने अर्का जेठी छोरी ११ वर्षीया निरुता गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
  • गम्भीर घाइते निरुतालाई थप उपचारका लागि काठमाडौँ लगिएको आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताउनुभो ।

डडेल्धुरा, १५ फागुन ,आलिताल गाउँपालिका– ८ गोदाममा भएको आगलागीमा परी एक बालिकाको मृत्युको छ भने एक गम्भीर घाइते भएकी छिन ।

मङ्गलबार राति करीब ८ बजे गोदाम बजारस्थित उत्तम थापाको किराना पसलमा आगलागी हुँदा थापाकी आठ वर्षीया छोरी आरतीको मृत्यु भएको छ भने अर्का जेठी छोरी ११ वर्षीया निरुता गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । गम्भीर घाइते निरुतालाई थप उपचारका लागि काठमाडौँ लगिएको आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताउनुभो ।

उत्तम थापाको किराना पसलबाट शुरु भएको आगलागीबाट सँगैका रामबहादुर धामी, दिलबहादुर रानाको घरमा पनि आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो । आगो कसरी लाग्यो भन्ने कुरा खुल्न सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?