प्रि–क्वार्टर : स्पेन Vs रसिया, पोर्चुगल Vs उरुग्वे, कसले मार्ला बाजी ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १२, २०७५
|
|
४८ पटक हेरिएको
Shares
प्रि–क्वार्टर : स्पेन Vs रसिया, पोर्चुगल Vs उरुग्वे, कसले मार्ला बाजी ?

सारांश

  • विश्वकप फुटबलमा समुह बीबाट स्पेन र पोर्चुगल अन्तिम १६ मा पुगेका छन्।
  • गएराती सम्पन्न खेलमा समुह बीका दुर्व खेल बराबरीमा सकिएको थियो ।
  • पोर्चुगलले इरानसँग एकएक गोलको बराबरी खेल्दै पाँच अंकसहित समुह उपविजेता बनेर अघिल्लो चरणमा प्रवेश गरेको हो ।

विश्वकप फुटबलमा समुह बीबाट स्पेन र पोर्चुगल अन्तिम १६ मा पुगेका छन्।

गएराती सम्पन्न खेलमा समुह बीका दुर्व खेल बराबरीमा सकिएको थियो । पोर्चुगलले इरानसँग एकएक गोलको बराबरी खेल्दै पाँच अंकसहित समुह उपविजेता बनेर अघिल्लो चरणमा प्रवेश गरेको हो ।

त्यस्तै स्पेनले मोरक्कोसँग २–२ गोलको बराबरी खेल्यो । स्पेनले पनि पाँच अंक बटुल्यो, तर गोल अन्तरका आधारमा अंक तालिकाको शीर्ष स्थानाम रहँदै समुह विजेतको रुपमा अघिल्लो चरणमा प्रवेश गर्यो ।

क्रिष्टियानो रोनाल्डो पेनाल्टीमा चुकेको खेलमा पोर्चुगलले इरानसँग बराबरी खेलेको छ र विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ ।

भीएआर विवादले भरिएको खेल पोर्चुगलले इरानसँग १–१ को बराबरी खेलेको हो ।

खेलको इन्जुरी टाइममा इरानले पाएको पेनाल्टी होस् वा ८३ औं मिनेटमा रोनाल्डोको सम्भावित रातो कार्डलाई पहेंलोमा सीमित राख्ने रेफ्रीको निर्णय होस्, दुबै भीएआरबाट लिइएको थियो ।

खेलमा पोर्चुगलले पहिलो हाफको अन्तिम मिनेटमा रिकार्डो करिस्माको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको सुरुमा नै पोर्चुगलले पेनाल्टी पायो ।

भीएआर रिभ्यूबाट पाएको पेनाल्टीमा रोनाल्डो गोल गर्न चुके । उनको प्रहारलाई इरानी गोलकिपर अली बेरानभान्डले रोके ।

खेलको ८१ औं मिनेटमा फेरि भीएआर रिभ्यू भयो । इरानी खेलाडीको अनुहारमा हात पुर्याएपछि रोनाल्डोले रातो कार्ड पाउने सम्भावना थियो । तर, लामो भीएआर रिभ्यूबाट पहेँलो मात्र दिइयो ।

दोस्रो हाफको अन्तिम मिनेटमा फेरि भीएआर रिभ्यूबाटै इरानलाई पेनाल्टी दिइयो । सेडरिक सोयरेसको ह्याण्डबलमा पेनाल्टी दिइएको थियो, जसमा करिम अन्सरीफार्दले गोल गरे ।

त्यही समयमा भएको अर्को खेलमा स्पेनले मोरक्कोसँग बराबरी खेलेको छ र स्पेन समूह बीको विजेता बन्न सफल भएको छ ।

अब नकआउट चरणमा पोर्चुगलले उरुग्वेसँग र स्पेनले आयोजक रसियासँग खेल्नु पर्नेछ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Jeevan Karki

    Spain / portugal

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वीनाकाबाट मात्रै गत आवमा छ अर्ब ३० करोड रुपैयाँ बराबरको तरकारी र फलफूल आयात
पूर्वीनाकाबाट मात्रै गत आवमा छ अर्ब ३० करोड रुपैयाँ बराबरको तरकारी र फलफूल आयात
रूस र उत्तर कोरियाबीचको बढ्दो सम्बन्ध ‘आफ्नो चासोको विषय’ नभएको चीनको भनाइ
रूस र उत्तर कोरियाबीचको बढ्दो सम्बन्ध ‘आफ्नो चासोको विषय’ नभएको चीनको भनाइ
“दुबईमा धूमधामका साथ ‘शिक्षाका लागी यात्रा’ कार्यक्रम मनाइयो “
“दुबईमा धूमधामका साथ ‘शिक्षाका लागी यात्रा’ कार्यक्रम मनाइयो “
शिक्षण अस्पताल महाराजगञ्जमा झडप
शिक्षण अस्पताल महाराजगञ्जमा झडप
भारतीय दूतावास अगाडि अनेरास्ववियूको ‘गो ब्याक इन्डिया’ नाराबाजी
भारतीय दूतावास अगाडि अनेरास्ववियूको ‘गो ब्याक इन्डिया’ नाराबाजी
इनार सफा गर्दा तीनजनाको मृत्यु
इनार सफा गर्दा तीनजनाको मृत्यु
प्राधिकरणले विद्युत कटौती गर्दा एउटा उद्योगमा ७ करोडसम्म घाटा
प्राधिकरणले विद्युत कटौती गर्दा एउटा उद्योगमा ७ करोडसम्म घाटा
हावा चल्दा हल्लिने पातको पछाडि लाग्नुहुन्न : प्रधानमन्त्री ओली
हावा चल्दा हल्लिने पातको पछाडि लाग्नुहुन्न : प्रधानमन्त्री ओली
विश्वकप २०२२ हुने कतारका भब्य स्टेडियम हरु
विश्वकप २०२२ हुने कतारका भब्य स्टेडियम हरु
पेट्रोलियम पदार्थ, अन्तर्रा्ष्ट्रिय बजारमा सस्तो, नेपालमा महँगो
पेट्रोलियम पदार्थ, अन्तर्रा्ष्ट्रिय बजारमा सस्तो, नेपालमा महँगो