आङटावा शेर्पाविरुद्ध ५ जनाको किटानी जाहेरी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ७, २०८०
|
|
२० पटक हेरिएको
Shares
आङटावा शेर्पाविरुद्ध ५ जनाको किटानी जाहेरी

सारांश

  • काठमाडौं ।
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वसभासद आङटावा शेर्पाविरुद्ध चार जनाले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
  • नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर पीडितबाट शेर्पाले जनही ६र६ लाख रुपैयाँ लिएको बिगो दाबी छ ।

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वसभासद आङटावा शेर्पाविरुद्ध चार जनाले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर पीडितबाट शेर्पाले जनही ६र६ लाख रुपैयाँ लिएको बिगो दाबी छ । जाहेरी दिनेहरु दोलखाका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणको नाम जोडिएपछि यसअघि नै पक्राउ परेका केशव दुलाल र सानु भण्डारीलाई शेर्पाले प्रहरी हिरासतमा भेटेका थिए । खाणडको कनेक्सनबारे नबताउन शेर्पाले दुलाल र भण्डारीलाई सुझाव दिएलगत्तै उनी फरार भएका थिए ।

उनीविरुद्ध पक्राउ पूर्जि जारी भएपछि उनी आफैं प्रहरीमा पुगेर आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?