जापानी राजाद्वारा गद्दीत्याग : मे १ बाट जापानमा नयाँ शाही युगको शुरुवात

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १७, २०७६
|
|
२९ पटक हेरिएको
Shares
जापानी राजाद्वारा गद्दीत्याग : मे १ बाट जापानमा नयाँ शाही युगको शुरुवात

सारांश

  • टोक्यो, १७ बैशाख- जापानी राजा आकिहितोले मङ्गलबार जापानको राजगद्दी त्याग गर्न लाग्नु भएको छ ।
  • पचासी वर्षीय आकिहितोले केही वर्ष अगाडीदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाउनु भएपछि उहाँले गद्दी त्याग्ने वैधानिक अनुमति पाउनु भएको थियो ।
  • आकिहितोले राजगद्दी त्याग्नु भएको भोलिपल्ट नै युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्नु हुनेछ ।

टोक्यो, १७ बैशाख- जापानी राजा आकिहितोले मङ्गलबार जापानको राजगद्दी त्याग गर्न लाग्नु भएको छ ।

पचासी वर्षीय आकिहितोले केही वर्ष अगाडीदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाउनु भएपछि उहाँले गद्दी त्याग्ने वैधानिक अनुमति पाउनु भएको थियो ।

आकिहितोले राजगद्दी त्याग्नु भएको भोलिपल्ट नै युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्नु हुनेछ । अर्थात मे १ बाट युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्नु हुन भएको छ । जापानमा राजासँग कुनै राजनीतिक अधिकार हुँदैन तर राष्ट्रिय प्रतीकको त्यहाँ राजाको ठूलो सम्मान हुने गरेको छ । मे १ बाट जापानमा नयाँ शाही युगको शुरुवात हुदैछ ।

यसको तयारी स्वरुप हाल सो शाही युगको नाम घोषणा गरिएको छ । सोमबार जापानी सरकारका मुख्य सचिव योशिहिडे सुगाले यसको घोषणा गर्नु भएको थियो ।

सुगाले हस्तलिखित वर्णमालाहरुको एक कार्डबोर्ड देखाएर नयाँ युगको नाम ‘रेईवा’ सार्वजनिक गर्नु भएको थियो । हाल जापानमा ‘हेइसी’ युग चलिरहेको छ । तीन दशकसम्म चलेको हेइसी युग यही महिना वर्तमान राजा आकिहितोले गद्दीत्याग गरेसँगै अन्त्य हुनेछ ।

जापानमा सम्राट अनुसार युगको नामकरण गरिन्छ । प्रधानमन्त्री शिन्जो आवेले शब्दको अर्थ व्याख्या गर्नको लागि देशबासीको नाममा सम्बोधन गर्नु हुने छ ।

आफ्नो खराब स्वास्थ्यका कारण गद्दी त्याग्न चाहेको सम्राट आकिहितोले तीन वर्षअघि नै बताउनु भएको थियो । जापानमा गरिएका मत सर्वेक्षणहरूले अधिकांश जापानीहरूले सम्राटको गद्दी त्याग्ने मनशायको समर्थन गरेका थिए । त्यसको एक वर्षपछि संसद्ले उनको गद्दीत्याग सम्भव तुल्याउन कानुन समेत पारित गरेको थियो ।

सम्राट आकिहितोले गद्दीत्याग गरेपछि राजगद्दि सम्हाल्न लाग्नु भएको नारुहितो जापानका १२६ औँ सम्राट हुनु हुने छ । उहाँ गद्दीनसीन भएपछि जापान ‘रेईवा’ युगमा प्रवेश गर्नेछ ।

युवराज नारुहितो र युवराज्ञी मासाको एक्लो सन्तानको रूपमा राजकुमारी आइको सन् २००१ मा जन्म भएको थियो तर जापानको वर्तमान कानुनले महिलालाई गद्दी आरोहण गर्न अनुमति दिएको छैन् ।

नारुहितो सम्राट भएपछि फुमिहितो युवराजका रूपमा राजगद्दीको उत्तराधिकारी हुनुहुने छ । त्यसपछिको क्रममा फुमिहितोका छोरा हिसाहितो हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको न्यूनतम साझा कार्यक्रमको पूर्णपाठ
सरकारको न्यूनतम साझा कार्यक्रमको पूर्णपाठ
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण
सरकारको सम्पुर्ण जस-अपजस अध्यक्षद्वयले लिनुपर्छः गजुरेल
सरकारको सम्पुर्ण जस-अपजस अध्यक्षद्वयले लिनुपर्छः गजुरेल
प्रमोद खरेलको ‘पागल बनायो’ म्युजिक भिडियो सार्वजनिक
प्रमोद खरेलको ‘पागल बनायो’ म्युजिक भिडियो सार्वजनिक
एकै स्थानमा भेटिएका नौवटा बम सेनाद्वारा निष्क्रिय
एकै स्थानमा भेटिएका नौवटा बम सेनाद्वारा निष्क्रिय
नेपाली कांग्रेसको केन्द्रीय सभापति देशभरका क्रियाशील सदस्यहरुको मतदानबाट हुने !
नेपाली कांग्रेसको केन्द्रीय सभापति देशभरका क्रियाशील सदस्यहरुको मतदानबाट हुने !
काठमाडौंमा ‘अप्राकृतिक मैथुन’ले बाँचेकाहरू
काठमाडौंमा ‘अप्राकृतिक मैथुन’ले बाँचेकाहरू
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
प्रकाण्डलाई छोडेलगत्तै फेरि पक्राउ गर्यो प्रहरीले
प्रकाण्डलाई छोडेलगत्तै फेरि पक्राउ गर्यो प्रहरीले
काठमाडौं–८ मा २०० गन्दा सिर्जना सिंहको ९९ मत, अरुको कति
काठमाडौं–८ मा २०० गन्दा सिर्जना सिंहको ९९ मत, अरुको कति

तपाईंले छुटाउनुभयो कि?