भ्रमण वर्षमा पर्यटकलाई विशेष छुट अफर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १५, २०७६
|
|
२३ पटक हेरिएको
Shares
भ्रमण वर्षमा पर्यटकलाई विशेष छुट अफर

सारांश

  • काठमाडौं।
  • नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटकीय सेवा प्रदान गर्ने विभिन्न सङ्घसंस्थाले आफ्ना सेवामा विशेष छुट अफर घोषणा गरेका छन्।
  • अबको दुई महीनापछि शुरु हुने भ्रमण वर्षलाई लक्षित गर्दै होटल एशोसिएसन अफ नेपाल (हान), घरबास कार्यक्रम ‘होमस्टे’ एशोसिएसनलगायत संस्थाले पर्यटकका लागि छुट अफर ल्याएका हुन्।

काठमाडौं। नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटकीय सेवा प्रदान गर्ने विभिन्न सङ्घसंस्थाले आफ्ना सेवामा विशेष छुट अफर घोषणा गरेका छन्। अबको दुई महीनापछि शुरु हुने भ्रमण वर्षलाई लक्षित गर्दै होटल एशोसिएसन अफ नेपाल (हान), घरबास कार्यक्रम ‘होमस्टे’ एशोसिएसनलगायत संस्थाले पर्यटकका लागि छुट अफर ल्याएका हुन्।

हानले आफ्ना सदस्य होटलमा आगामी सन् २०२० को जनवरी महिनादेखि डिसेम्बर महिनासम्म होटेलका रुपमा ३० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने निर्णय गरेको हो। उक्त अफर लागू गर्न सदस्य होटललाई आग्रह गरिएको हानका प्रथम उपाध्यक्ष विनायक शाहले बताए। नेपाल आउने सबै विदेशी पाहुनाका लागि यस्तो छुट दिइनेछ।

हानमा पर्यटकस्तरदेखि पाँचतारेसम्म गरी करीब दुई हजार होटल आबद्ध छन् । हानको हाल १५ च्याप्टर छन्। यस्तै होमस्टे एशोसिएसनले पनि भ्रमण वर्षमा आउने विदेशी पर्यटकलाई सेवामा २० प्रतिशतसम्म छुट दिने भएको छ।संस्थाका अध्यक्ष केशव बडालले घरबासमा खाना बस्नमा ‘लजिङ फुडिङ’ मा २० प्रतिशत छुट दिने निर्णय गरिएको जानकारी दिए। देशका ५७ जिल्लामा ६०० भन्दाबढी घरबास सञ्चालनमा रहेका छन्।

सरकारले भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यअनुरुप प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिएको छ। भ्रमण वर्षलाई मध्यनजर गर्दै पर्यटकीय पूर्वाधार विकास र सेवा स्तरीकरणलाई विशेष ध्यान दिइएको छ। होटल व्यवसायीले अहिलेकै अवधिमा २५ लाख पर्यटकलाई धान्न सकिने बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?