मिटर ब्याजको कारोबारलाई गैरकानूनी घोषणा गर्न माग

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १५, २०७९
|
|
३७ पटक हेरिएको
Shares
मिटर ब्याजको कारोबारलाई गैरकानूनी घोषणा गर्न माग

सारांश

  • काठमाडौँ ।
  • अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले तत्काल मिटर ब्याज पीडितको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।
  • महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै मिटर ब्याजको कारोबारलाई गैरकानूनी घोषणा गर्न माग गरेको हो ।

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले तत्काल मिटर ब्याज पीडितको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।

महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै मिटर ब्याजको कारोबारलाई गैरकानूनी घोषणा गर्न माग गरेको हो ।

मिटर ब्याजको कारोबार गर्ने गरिब तथा किसानमारा सुद्खोरलाई कडाभन्दा कडा कारबाही गर्न समेत माग गरिएको छ ।

महासङ्घका अध्यक्ष चित्रबहादुर श्रेष्ठले साँवा रकम बराबर ऋण भुक्तान गरेका सबै ऋणीको ऋण पूर्णरूपमा मिनाहा गर्न माग गरे । उनीहरूको ऋणको लिखत कागजलाई अवैधानिक घोषणा गरी बदर गर्नसमेत महासङ्घले आग्रह गरेको छ ।

ऋण उठाउने नाममा ऋणीलाई भौतिक यातना वा यातनाको धम्की दिने, परिवारका सदस्यलाई समेत असुरक्षित महसुस गराउने र मानसिक यातना दिने सबै मिटर ब्याजीलाई अविलम्ब गिरफ्तार गरी कडा कारबाही गर्न महासङ्घको माग छ । महाङ्घले मिटर ब्याज पीडितसँगको वार्ता र घटनाको छानबिनलाई तीव्रता दिन र पीडितलाई न्याय प्रदान गर्न माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?