एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा विजयी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १६, २०८०
|
|
४० पटक हेरिएको
Shares
एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा विजयी

सारांश

  • मोरङ।
  • विराटनगरमा जारी नेकपा एमालेको कोशी प्रदेश अधिवेशनले प्रदेश अध्यक्षमा मोरङका घनश्याम खतिवडालाई निर्वाचित गरेको छ।
  • घनश्याम खतिवडाले ५१२ मत प्राप्त गरी मोरङका विनोद ढकाललाई पराजित गरेका छन्।

मोरङ। विराटनगरमा जारी नेकपा एमालेको कोशी प्रदेश अधिवेशनले प्रदेश अध्यक्षमा मोरङका घनश्याम खतिवडालाई निर्वाचित गरेको छ। घनश्याम खतिवडाले ५१२ मत प्राप्त गरी मोरङका विनोद ढकाललाई पराजित गरेका छन्। विनोद ढकालले ४३० मत प्राप्त गरे।

यसैगरी उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङ निर्विरोध निर्वाचित भए भने सचिवमा राजकुमार भण्डारी विजयी भएका छन्। त्यस्तै दुइ जना उपसचिवमा जलवर्षा राजवंशी र देवान राई विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कोशी प्रदेशको १ सय ३७ पालिका र विभिन्न जनवर्गिय संघ संगठन तथा मजदुर र दलित गरी ९ सय ९७ जना मतदाता रहेको मा ९ सय ७७ जनाले आइतवार राती भएको मतदानमा भाग लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

अध्यक्ष, उपाध्यक्ष, सचिव र दुइ जना उपसचिव गरी ५ जना पदाधिका सहित २ सय १५ सदस्यीय प्रदेश समिति मध्ये ४९ वटा पदहरुमा निर्विरोध निर्वाचित भईसकेका छन् भने अन्य सदस्यहरुको मतगणना भइरहेकेा निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?