बस दुर्घटनामा तीनजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २, २०७४
|
|
४० पटक हेरिएको
Shares
बस दुर्घटनामा तीनजनाको मृत्यु

सारांश

  • डोटी, २ कात्तिक   बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा आज बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
  • बसमा सवार १८ जना घाइते भएका छन् ।
  • घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको छ ।

डोटी, २ कात्तिक   बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा आज बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको छ । मृतक तीनैजना बड्डीकेदार गाउँपालिका–४ का बासिन्दा रहेको स्थानीयवासीले बताएका छन् ।

बर्छेनबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नंको बस आज बिहान दुर्घटना भएको हो । बिपीनगर र घाँगलबाट उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?