प्रधानमन्त्री पत्नी दाहालको निधनमा मुख्यमन्त्री यादवद्वारा दुःख व्यक्त

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २७, २०८०
|
|
१६ पटक हेरिएको
Shares
प्रधानमन्त्री पत्नी दाहालको निधनमा मुख्यमन्त्री यादवद्वारा दुःख व्यक्त

सारांश

  • जनकपुरधाम ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
  • आज श्रद्धाञ्जलि पत्र जारी गर्दै मुख्यमन्त्री यादवले सीता दाहालको निधनले आफूलाई मर्माहत बनाएको जना्रए ।

जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

आज श्रद्धाञ्जलि पत्र जारी गर्दै मुख्यमन्त्री यादवले सीता दाहालको निधनले आफूलाई मर्माहत बनाएको जना्रए । उनले प्रधानमन्त्री दाहालको कठिन यात्रा एवं आरोहअवरोहमा साथ दिएकी दाहालको निधनले एक सौम्य व्यक्ति तथा जनयुद्धकी सच्चा सहयात्री पनि गुमेको भन्दै दुःख व्यक्त गरे ।

“अपार दुःखको यस घडीमा यहाँ र यहाँको परिवारलाई यो बज्रपात सहन गर्ने शक्ति मिलोस् । मधेस प्रदेश सरकार र मेरो तर्फबाट भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै चिरशान्तिको कामना गर्दछु”, मुख्यमन्त्री यादवद्वारा हस्ताक्षरित श्रद्धाञ्जलि पत्रमा भनिएको छ ।

प्रधानमन्त्री पत्नी दाहालको आज बिहान ८ः३३ बजे ६९ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ पार्थिव शरिरको अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?