प्रचण्ड चितवनको सभामा सहभागी हुने, सम्बोधन अाेली र बादलले गर्ने
सारांश
- काठमाडौं , मंसिर ४ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मगलवार चितवनमा अायोजना गरिएको चुनावी सभामा सहभागी हुने भएका छन् ।
- तर, उनले सम्बोधन नगर्ने भएका छन् ।
- प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार निधन भएको थियो ।
काठमाडौं , मंसिर ४ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मगलवार चितवनमा अायोजना गरिएको चुनावी सभामा सहभागी हुने भएका छन् ।
तर, उनले सम्बोधन नगर्ने भएका छन् । प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार निधन भएको थियो । त्यसलगतै चिवतनको कार्यक्रम स्थगित गर्न लागिएको थियो । तर, प्रचण्डकै आग्रहमा सभा स्थगित नगरिएको बताइएको छ ।
प्रचण्डको चुनावी क्षेत्रमा हुने सभाको सुरुमा स्वर्गीय प्रकाश दाहाललाई श्रद्धाञ्जली दिइने बताइकाे छ।
सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेता रामबहादुर थापा बादलले सम्बोधन गर्नेछन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया