नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ लिँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २९, २०७९
|
|
३० पटक हेरिएको
Shares
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ लिँदै

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति निर्वाचित रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथग्रहण गुर्ने भएका छन्।
  • राष्ट्रपतिमा निर्वाचित पौडेलले शपथ ग्रहणपछि आजै पदभार ग्रहण गर्ने कार्यक्रम छ।

काठमाडौं। राष्ट्रपति निर्वाचित रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथग्रहण गुर्ने भएका छन्। राष्ट्रपतिमा निर्वाचित पौडेलले शपथ ग्रहणपछि आजै पदभार ग्रहण गर्ने कार्यक्रम छ।

निर्वाचित राष्ट्रपति पौडेलको शपथग्रहणका लागि राष्ट्रपति भवनमा विशेष समारोहको तयारी गरिएको छ। मुलुकको तेश्रो राष्ट्रपति निर्वाचित पौडेलले आज राष्ट्रपति भवनमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यतालिका तय भएको हो।

कार्यतालिका अनुसार राष्ट्रपति कार्यालय शितलनिवासमा दिउँसो एक बजे विशेष समारोहमा आयोजना गरिने भएको छ। संवैधानिक व्यवस्था अनुसार नवनिर्वाचित राष्ट्रपति पौडेललाई कायम मुकायम प्रधानन्यायधिश हरिकृष्ण कार्कीले शपथ गराउने छन्।

शपथग्रहण लगत्तै नवनिर्वाचित राष्ट्रपति पौडेलले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। शपथ र पदभार ग्रहण गरेसँगै राष्ट्रपतिमा निर्वाचित भएका पौडेल निजी निवास बोहराटारबाट शिलत निवास सर्नेछन्।

फागुन २५ गते राष्ट्रपतिका लागि भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार ल्याएर मुलुकको तेस्रो राष्ट्रपति बनेका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार नवनिर्वाचित राष्ट्रपतिले पदभार ग्रहणपछि निवर्तमान हुने राष्ट्रपति विद्यादेवी भण्डारीले करिब साढे एक बजे राष्ट्रपति भवन छोड्ने छिन्। राष्ट्रपति भण्डारी शीतलनिवासबाट बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित निजी निवासमा सर्ने छिन्।

उनी दुइ कार्यकाल गरी करिब साढे सात वर्ष राष्ट्रपति रहिन्। भण्डारी २०७४ साल फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी हुन्। २०७२ साल कात्तिक ११ गते पहिलो पटक राष्ट्रपतिमा बनेकी उनी २०७४ सालमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?