विवेकशील साझा पार्टीका संयाेजक उज्जवल थापा सहित ९ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १६, २०७५
|
|
२० पटक हेरिएको
Shares
विवेकशील साझा पार्टीका संयाेजक उज्जवल थापा सहित ९ जना पक्राउ

सारांश

  • काठमाण्डौ, १६ असार ।
  • सरकारले साउन १ गतेदेखि विरोध प्रदर्शनका लागि निश्चित स्थान तोक्दै तोकिएका स्थानबारे अन्यत्र प्रदर्शन गरे कडा कारवाही गर्ने चेतावनी दिएको थियो ।
  • तर विवेकशील साझा पार्टीले आज माइतिघरमण्डलामा विरोध प्रदर्शन गर्दा धरपकड गरिएको छ ।

काठमाण्डौ, १६ असार । सरकारले साउन १ गतेदेखि विरोध प्रदर्शनका लागि निश्चित स्थान तोक्दै तोकिएका स्थानबारे अन्यत्र प्रदर्शन गरे कडा कारवाही गर्ने चेतावनी दिएको थियो । तर विवेकशील साझा पार्टीले आज माइतिघरमण्डलामा विरोध प्रदर्शन गर्दा धरपकड गरिएको छ ।

सरकारले साउन १ गतेदेखि विरोध प्रदर्शनका लागि निश्चित स्थान तोक्दै तोकिएका स्थानबारे अन्यत्र प्रदर्शन गरे कडा कारवाही गर्ने चेतावनी दिएको २ दिनपछि विवेकशील साझा पार्टीले माइतिघरमण्डलामा विरोध प्रदर्शन गरेको थियो । बिहीबार गृहमन्त्रालयले पत्रकार सम्मेलन गर्दै उपत्यकाका काठमाडौ ललितपुर र भक्तपुरका निश्चित स्थानमा मात्र विरोध प्रर्दशन गर्न पाउने निर्णय गरेको थियो ।

तर विवेकशीले साउन नलाग्दै गरेको विरोध प्रदर्शनमा पनि धरपकड गरिएको हो । साउन १ गतेदेखि तोकिएको स्थानमा मात्र प्रर्दशन गर्न पाउने निर्णय सरकारले गरेपनि शनिबार माईतिघरमा विरोध प्रर्दशन गर्न गएका विवेकशील साझा पार्टीका नेता तथा कार्यकर्ताहरु पक्राउ परेका हुन् । सरकारले असारे बजेटमा काम गरेको र चिकित्सा शिक्षामा सबैको पहुँचको माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

चिकित्सा शिक्षा अध्यादेशको हुबहु प्रतिस्थापन विधेयक ल्याउन सरकारलाई दबाब दिन र नागरिक स्वतन्त्रमा हस्तक्षेप गर्दै काठमाडौंलाई निषेधित क्षेत्र घोषणा गर्ने सरकारको निर्णयको विरुद्धमा विवेशशीलले विरोध गरेको हो ।

पक्राउ पर्नेमा विवेकशील साझाका संयोजक उज्वल थापा, अधिबक्ता डाक्टर सुरेन्द्र भण्डारी, शसीविक्रम कार्की लगायतका १० भन्दा बढि छन् । उनीहरुलाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको हो । विरोध प्रदर्शन कार्यक्रममा विवेकशीलका संयोजक रविन्द्र मिश्रले राज्यको ढुकुटीमा पहुँच भएकाहरुमा मात्रै नेपालको स्वास्थ्य र शिक्षा रहेको आरोप लगाए । कुनै पनि व्यक्तिको विरोध गर्न पाउने अधिकारलाई कुण्ठित गर्दे सरकार अधिनायवादतर्फ लम्केको मिश्रको आरोप छ ।यसअघि गृहमन्त्री रामवहादुर थापाले विरोधका लागि तोकिएका स्थानबाहेक अन्यत्र प्रदर्शन गरे कारबाही गरिने चेतावनी दिएका थिए । आगामी साउन १ गतेदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्न निषेध गरिएको जानकारी दिँदै थापाले अधिनायकवाद नभई सरकार विधिअनुसार चल्ने दाबी गरेका थिए ।पत्रकार सम्मेलनमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले तोकिएको स्थानमा मात्र बिरोध प्रर्दशन गर्न आग्रह गरेका थिए । काठमाडौमा बसोवास गर्ने जनसंख्या बढेका पनि शान्ति सुरक्षामा चुनौति थपिदै गएकाले विरोध प्रर्दशनका लागि स्थान तोकिएको उनको भनाई थियो ।

यसअघि प्रशासन कार्यालयले तोकिएको स्थानमा मात्र विरोध प्रर्दशन गर्न पटक पटक सूचना सार्वजनिक गरेपनि पटक कार्यान्वयनको मिति सारिदै आएको थियो । मन्त्रालयका अनुसार अव काठमाडौंमा ७, ललितपुरमा ६ र भक्तपुरमा एउटा ठाउँमा मात्र विरोध प्रदर्शन गर्न पाउनेछन् ।

जसअनुसार काठमाडौंको खुलामञ्च, तीनकुने, भुइँखेल भगवानपाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण, सिफल चौर र लैनचौरस्थित समाज कल्याण परिषद्दको खुला क्षेत्रका लागि विरोध प्रदर्शनका लागि स्थान तोकिएको छ । त्यस्तै ललितपुरका च्यासल खेल मैदान, गोदावरी बसपार्कको खाली क्षेत्र, भैंसेपाटी छ्यासीकोटको खुला ठाउँ, बज्रबाराहीको खुला ठाउँ र लुभु लामाटार तथा भक्तपुरको सल्लाघारी खुला मैदानलाई पनि विरोध प्रदर्शनका लागि तोकिएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Devendra Mishra

    pakrau prnejati sabailai sabrajnik mudda halera jelchla gara srkar

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?