मध्यरातमा विज्ञप्ति जारी गर्दै बाबुरामले भने ‘एमाले माओवादी गठबन्धन सिन्डिकेट हो’ (पूर्ण पाठ)
सारांश
- काठमाडौं, ७ मंसिर।
- पूर्व प्रधानन्त्री तथा नयाँ शक्ति नेपालका अध्यक्ष बाबुराम भट्टराईले नयाँ नतिजाका लागि पुरानो बाटो फेर्न अाह्वान गरेका छन्।
- पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव मौन अवधि शुरु हुनुभन्दा केही एक घण्टाअघि मतदातालाई जारी गरेको लामो अपिलमा आफ्नो राजनीतिक यात्रा मात्रै नभएर भविष्यमा के गर्ने भन्ने बारेमा समेत उल्लेख गरेका छन् ।
काठमाडौं, ७ मंसिर। पूर्व प्रधानन्त्री तथा नयाँ शक्ति नेपालका अध्यक्ष बाबुराम भट्टराईले नयाँ नतिजाका लागि पुरानो बाटो फेर्न अाह्वान गरेका छन्।
पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव मौन अवधि शुरु हुनुभन्दा केही एक घण्टाअघि मतदातालाई जारी गरेको लामो अपिलमा आफ्नो राजनीतिक यात्रा मात्रै नभएर भविष्यमा के गर्ने भन्ने बारेमा समेत उल्लेख गरेका छन् ।
एघार सय शब्द लामो विज्ञप्तिमा गणतन्त्र र संविधानसभाको अजेण्डा आफ्नो भएको दावी गरेका छन्। नेपाली कांग्रेससँग चुनावी तालमेल गरेर गोर्खा २ मा प्रतिस्पर्धामा उत्रिएका भट्टराईले एमाले र माओवादी गठबन्धनलाई सत्ता केन्द्रित राजनीति सिण्डिकेटको संज्ञा दिएका छन्।
भट्टराई माओवादी केन्द्रका नेता तथा पूर्व उप प्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग प्रतिस्पर्धा गर्दैछन्।
विज्ञप्तिको पूर्णपाठ
मैले जीवनमा धेरै उतारचढावहरु भोगेँ । जीवनका ६ दशक पार गरिसकेको छु र अझै पनि म गोरखाका गाउँबस्तीमा दिनरात नभनी चहारिरहेको छु । मेरा मनमा अतितका यात्राहरु रिलझैं घुमिरहन्छन् । भविष्यका सपनाहरुले मलाई उकाली–ओरालीहरुमा निरन्तर सक्रिय रहन प्रेरित गरिरहन्छन् । सुन्दर, सभ्य, र समृद्ध समाजको परिकल्पनाले मभित्र काम गर्ने जाँगर भरिरहन्छ । नेपाली दिदी बहिनी र दाजुभाइहरुसँगका हरेक भेट र अन्तरक्रियापछि मभित्र अदम्य साहास र उत्साह भरिएर आउँछ । त्यसैले मलाई आजपर्यन्त चलायमान बनाएको छ ।
म अत्यन्त सामान्य कृषक पृष्ठभूमिको मान्छे हुँ, ग्रामीण परिवेशजन्य सरलता नै मेरो व्यक्तित्वको जग हो । तर लक्ष्यप्रतिको मेरो निष्ठा र लगावप्रति म आफैं गर्व गर्दछु । त्यही ध्याउन्नले मलाई कठीनभन्दा कठीन र असम्भवप्राय: लाग्ने सपनालाई विपना तुल्याउन सघाउँछन् । एसएलसीमा बोर्डफस्ट हुने व्यक्तिगत सपनादेखि एकात्मक राजतन्त्रात्मक व्यवस्था ढालेर संघीय गणतन्त्र नेपाल ल्याउने राजनीतिक सपना पूरा भए । अब मेरो जीवनको अन्तिम सपना, समृद्ध र उँचो प्रतिष्ठा भएको नेपाली समाज हेर्ने हो। हरेक नेपालीको आफ्नै घर नभएसम्म आफ्नो घर नबनाउने संकल्प लिएको छु । कतिपयले यसलाई खिस्युटिरी गर्दै होच्याउने प्रयास गरे, गरिरहेका छन् । उनीहरुको यो प्रयास कहिल्यै सफल भएको छैन । किनकी मैले देखेको सपना बाटो बदल्न खोजिरहेको समाजले देखेको सपना हो । अभावले पिल्सिएकाहरुको स्वर्णिम सपना हो । समग्रमा नेपालका नागरिक र मैले बाँचेको युगको सपना हो । त्यो सपनालाई निमोठ्ने हरेक दुष्प्रयत्न विरुद्ध उभिने साहसको प्रतिक स्वरुप मेरो राजनीतिलाई सामान्य नेपाली नागरिकले साथ दिएका छन् ।
सोफेनहावर नामका एक दार्शनिकले भनेजस्तै, सत्यले तीन चरणहरु पार गर्नुपर्दछ । पहिलो चरणमा सत्यको उपहास गरिन्छ, दोस्रो चरणमा शक्तिशाली दमन गरिन्छ र अन्तिममा स्वयंसिद्ध तथ्यको रुपमा स्वीकार गरिन्छ । व्यक्तिगत भविष्य छाडेर राजतन्त्र ढाल्नुपर्छ र संघीय गणतन्त्र ल्याउनुपर्छ भनेर राजनीतिमा होमिँदा एकथरि मानिसहरुले चर्को उपहास गरे । माओवादीभित्र शान्ति र संविधानको कुरा गर्दा कार्वाहीका नाममा पार्टीको आन्तरिक कैदी बन्नुपर्यो । सत्यको दमनका लागि आफन्तहरुले दिएको क्रुर यातना पचाउन कति मुस्किल हुन्छ भनेर मैले भोगेको छु । ०५७ सालसम्म १७ सय सपूतहरु मारिएका थिए । त्यसैबेला मैले माओवादीभित्र संविधानसभा र गणतन्त्रको एजेन्डा अगाडि सारेँ । उक्त एजेन्डा माओवादी हुँदै सिंगो देशकै एजेन्डा बन्ने बेलासम्म १७ हजार नेपालीको ज्यान गयो । सत्य दबाउन सत्ताले कतिसम्म क्रुर दमन गर्नसक्छ, हामीले भोग्यौं । हिजो राजतन्त्र र एकात्मक प्रणालीको वकालत गर्नेहरु अहिले मच्चिएर गणतन्त्र र संघीयताको पक्षमा बोलिरहँदा हाम्रो मन खुसी नै हुन्छ । आखिर सत्य सबैले स्वीकार्नै पर्दोरहेछ ।
अहिले यही पालुंगटार क्षेत्रमा जीवनको अर्को परीक्षाका लागि उभिएको छु । त्यो यही ठाउँ हो, जहाँ शान्ति र संविधानको बाटो देखाउँदा म अल्पमतमा परेँ । त्यसबेला गलत बाटो हिंड्नेहरुले यही माटोमा आएर इतिहासको भयंकर गल्तीको पश्चात्ताप गरेको मैले कहिल्यैथाहा पाएको छैन । पार्टी वा राजकीय सत्तासीनहरु झूटलाई आदर्शीकरण गर्न सक्छन् । त्यस्तो दुष्प्रयत्नको यो भन्दा कुरुप उदाहरण अरु केही हुन सक्ला र ? हामी खुसी नै छौं किनकि आखिर शान्ति र संविधान नै यो मुलुकको साझा एजेन्डा बन्यो । अब यही महान र फराकिलो राजमार्गमा हामीले समृद्धिको बिऊ उमार्नुछ, मलजल गर्दै हुर्काउनुछ । खुसी र सुखी नेपाली र समृद्ध नेपालको सपना पूरा गर्नुछ ।
अब फलानु व्यवस्था ल्याउँछु भन्दै राजनीतिक नारा दिने समय सकियो । त्यसैले सबैको ध्यान समृद्धिमा हुनुपर्दछ भनेर बोल्यौं । नेपाली विविधता समेट्ने इन्द्रधनुषी राष्ट्रियताको कुरा गर्यौं । यो सत्यलाई स्पष्ट शब्दमा भन्दा र यसै अनुरुप राजनीति गर्दा एकथरि मानिसहरुले हामीलाई बाटो बिराएको फत्तुर लगाए । गाली र आलोचनालाई पर्गेल्न सक्ने सामथ्र्यका कारण म विचलित भइन । त्यही सामथ्र्यका कारण मैले समृद्ध मुलुकको सपना जोगाएर राखेँ, सोही सपनाले निर्देशित गरेको बाटो एकलै भएपनि हिँडिरहेँ । त्यही सपना अब सबै नेपालीहरुको साझा सपना बन्दैछ । यसका कटु आलोचकहरु जनतालाई ढाँट्न मात्रै भएपनि हाम्रो भन्दा ठूलो आवाजमा उही समृद्धिकै गफ गर्न बाध्य भएका छन् । आलोचनात्मक चेतनाले सुशोभित नागरिकहरुले त्यस्ता गफको सत्यता सहजै पहिचान गर्न सक्छन् भन्नेमा म ढुक्क छु ।
ढिलै भए पनि केही अपूर्णतासहित महत्वपूर्ण राजनीतिक परिवर्तन भएको छ । संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी नेतृत्व र अन्य केही अपूर्णताहरु छिटो सम्बोधन गरेर हामीले हाम्रो सम्पूर्ण क्षमता विकास र समृद्धिमा केन्द्रित गर्नुपर्नेछ । विकास र समृद्धिको दौडमा हामी धेरै पछाडि परिरहेका छौं त्यसैले हामीले घस्रिन छुट पाउने छैनौं, यो दौडने बेला हो । ५० लाखभन्दा बढी युवाहरु विदेशिन बाध्य छन् । हामी साधन स्रोतमा धनी भएर पनि गरिबीमा बाँचिरहनु परेको छ । यसरी सुनको थाल बोकेर कति समयसम्म रोग, भोक र अभावमा बाँचिरहने ?यो प्रश्नको उत्तर दिने ठाउँमा हामी छौं तर अझै हामी प्रश्न तेस्र्याएर बसिरहेका छौं । अभाव र पछौटेपनमा नबाँच्ने संकल्प गरेर नै हामीले नयाँ बाटो तय गरेका हौं ।
नयाँ शक्ति नेपाली मौलिकताको वैकल्पिक राजनीतिक शक्ति हो । हाम्रो देश गाउँ र शहर मिलेर बनेको छ । हाम्रो मुलुककै विविधता समेट्ने गरी हामीले हाम्रा राजनीतिक नीति र कार्यक्रम बनाइरहेका छौं । वैकल्पिक शक्ति हिजो राजनीतिक परिर्वतनमा सहभागी नेतालाई गाली गरेर मात्रै बन्दैन । यसमा उहाँहरुको पनि सहभागिता सुनिश्चित हुनुपर्दछ । नयाँ पुस्ता र राजनीति बाहिर रहेका क्षमता र प्रतिभाहरुको सहभागिता बिना पनि बन्दैन । हाम्रोमा राजनीतिक परिवर्तनका हस्तीहरुलाई गाली गरेर विसुद्ध गैरराजनीतिक पृष्ठभूमिबाट पनि केही प्रयास भइरहेका छन् । त्यसैगरी हिजो राजनीतिबाट आएकाहरुले राजनीतिबाहिरका क्षमता र प्रतिभाहरुलाई गाली र निषेध गर्ने अभ्यासहरु पनि भइरहेका छन् । हामीलाई विश्वास छ, यी दुवै अतिवादबाट नेपाल बन्दैन । नेपाल बन्ने वैकल्पिक बाटो भनेको दुवै तिरका निष्ठावान, योग्य र क्षमतावानहरु केन्द्रित गर्न सक्ने नयाँ शक्ति नै हो ।
मुलुकका विभिन्न क्षेत्रमा हामीले सिन्डिकेट देखिरहेका छौं । नदेखिने गरी राजनीतिमा जरा गाडेको सिन्डिकेट झनै भयंकर छ । यसले हामीलाई पुराना आवद्धताबाट बाहिर भविष्य नै नदेख्ने गरी कैद गरिरहेको छ । गठबन्धनको नाममा आएको सत्ताकेन्द्रित गठजोड सिन्डिकेटको सुधारिएको रुप मात्र हो, त्यहाँ कत्ति पनि रुपान्तरण छैन भन्ने मैले आफैंले अनुभूत गरेँ । सत्ता र स्वार्थबाहेक केही नदेख्नेहरु यही भलमा बगिरहेका छन् । यद्यपि जब म गाउँशहर घुम्छु र आधारभूत वर्गका नागरिकसँग संवाद गर्छु, मलाई लाग्छ, यो चिच्याटलाग्दो व्यवस्थाबाट मुक्ति खोज्ने वा विकल्प खोज्न चाहनेहरुकै बहुसंख्या छ । बाटो यही हो, मानिसहरु ढिलो चाँडो यही बाटो हिँड्नेछन् भन्नेमा म विश्वस्त हुन्छु ।
हिजो राजनीतिक परिवर्तनको बेला व्यवस्था फेर्न हरेक सचेत नेपालीभित्रको वीरता जाग्नुपर्दथ्यो, अब हरेक नेपालीभित्रको उद्यमशीलता र ‘इन्नोभेसन’ जगाउनुपर्छ । के त्यस्तो राजनीति अब हामीले गर्न सक्छौं ? हाम्रा पुराना आवद्धता र सीमाका पर्खालहरु भत्काउने उज्ज्वल भविष्यको लागि हामीले नयाँ बाटो हिड्न सक्छौं ? पुरानैमा मतदान गर्ने बानी परेका हातहरुलाई विवेकद्वारा निर्देशित गरेर नयाँ बाटो रोज्न उत्प्ररेरित गर्न सक्छौं ?
आइनस्टाइन भन्छन् – पुरानै बाटोमा उही तरिकाले पटक पटक हिँड्नु र नयाँ नतिजाको अपेक्षा गर्नु फगत पागलपन हो । आइनस्टाइनलाई मान्ने हो भने हामीले हाम्रो निर्णय फेर्नेपर्छ, हामी हिंड्ने बाटो फेर्नैपर्दछ । १० वर्षमा १० प्रधानमन्त्री जन्माउने अस्थिर व्यवस्थाको जाँतोमा हामीलाई कसैले पिसेको छ भने त्यो हाम्रै निर्णयले हो । मतदानको बेला सार्वभौम हरेक नागरिकले गर्ने निर्णय युगान्तकारी महत्वको हुन्छ । चुनावी घोषणापत्रमा शासकीय स्वरुप नै गायब बनाउने र यही शासकीय स्वरुपलाई निरन्तरता दिनुपर्छ भन्नेहरुलाई मतदान गरेर पुन: यही शासकीय स्वरुपलाई गाली गर्ने बाटो हामीले रोज्यौं भने इतिहासले हामीलाई माफ गर्नेछैन । हाम्रो भविष्य हाम्रै हातमा छ । हाम्रो सन्तान दरसन्तानको भविष्य पनि हाम्रै हातमा छ । मतदान गर्दा मनको धड्कन छामौं, परिवर्तनको आफ्नै चाहनालाई बुझौं । त्यही बिरुवा रोपौं, जुन वृक्षमा तपाईंले चाहेको फल फल्नेछ ।
अब हामीलाई विकासका ठूला ठूला र मीठा मीठा भाषण होइन, साना साना कामहरु चाहिएको छ । त्यस्तो विकास जसले हामीलाई समृद्धि र खुसीको बाटोमा डोहोर्याउन सकोस् । समाज बदलिएको छ । राष्ट्रिय राजनीतिका आयामहरु फेरिएका छन् । यसर्थ बाटो बदलिएका छन् । हामी आदतको दास बनेर पुरानै बाटोमा हिंड्यौं भने पुन: पुरानै गन्तव्यमा पुग्नेछौं । अर्थात हामी फेरि निराशा, पीडा, अभाव, अशान्ति, बेरोजगारी, गरिबी, र पछौटेपनमा जाकिनेछौं ।
त्यसैले यस्तो समाजको परिकल्पना गरौं जहाँ ४० कटेपछि रमाउँला भन्ने गीतहरु भक्कानिएर गाउन नपरोस् । ५० लाखभन्दा बढी विदेशिएका युवाहरु स्वदेश फर्कन सकून्, आफ्नो श्रमले आफ्नै देश सिञ्चित गर्न सकून् । त्यसो गर्नसक्ने सामथ्र्य तपाईंसँग छ, तपाईंको भोट नै तपाईंको त्यो सामथ्र्य हो ।
वैकल्पिक राजनीतिको भ्रुणको रुपमा उम्रिरहेको नयाँ शक्ति पार्टीलाई सबैले मलजल गरौं । स्पष्ट विचार, दूरदृष्टि र पारदर्शिताको प्रतीक रहेको ‘आँखा’ चिन्हमा मतदान गरेर नयाँ शक्ति निर्माण अभियानमा सहभागी बनौं । अब आँखा खोलौं, आँखा चिन्हमा मतदान गरौं !
७ मंसीर २०७४
प्रतिक्रिया
कुल कमेन्ट:
15
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Dilip Rana
बाबुराम कम्रेड पार्टी र जनता लाई छोडेर आफ्नै बिचार मा लाग्नु भो।ब्याक्तीगत फाइदा का का हुन्छ तेतै हाम्फाल्नु भो दुख लाग्छ।माक्सबाद त्यागेर गै सके पछि गोर्खाली जनता ले के को आधार मा भोट दिने ??समृद्दी र बिकास कस्ले गर्दीन भन्छ र?देस भरी बाट दुई जना उम्मेद बार कसरी सत्ता मा पुगेर योजना दिनि हो तपाइको पार्टी ले??
Nabin Tamang
Rite ,,
Subu Khusbu
Ta chorlaini desh nikala garnu parxa
Dharma Raj Thapa Partik
यो हार्ने भो साले भारत को दलाल
Ido Pk Ido Pk
Aaj bat chahi purai khuskiyax aaluram g ko
Jetha Kirat
याे साला लाेभी ब्रहमन याे चुनाब बाट लगभग ५० बर्ष सम्मकाे लागी जाने भएछ कांसी । साला नालाएक
पं श्यामप्रसाद भेटुवाल
यथातथा सज्जनदुर्जनानाम बिनास काले बिपरित बुध्दि भनेजस्तै डा बाबुराम भट्टराईले हात्तिको पुच्छर छोडेर कुकुरको पुच्छर समातेर चुनाबिरणसागर तर्दै छन् ।
Krishna Raj Purush
हात्ति को भन्दा कुकर काम मा आउछ प्रभु
Reshmi Neupane
अस्तिर मानसिक्ता बाबुराराम ।
यात्रा रहेछ जिन्दगी
yo baburamlai rachi lage vayo
Jay Bdr Magar
डा बाबुराम भट्टराई को राज्निती सकियो अब किनकी आफ्नो पार्टी छोडेर जान नहुने थियो अब तपाईं को कुरा जन्ताले पत्याउलात तपाईंलाई भोट देलात जन्ताले फेरि
Krish Gorkhali
नारायण पाजी हैन बाबुराम ले जित्नु पर्छ
Ganeshh Shrestha
Baabu raam bicharaa kejrelal bannee sapanaa thiyo sapanaa chknaa chur vayooo
Krishna Raj Purush
प्रभु कुरा त वास्तविक नै छ त मत दिनेवेला सोच्नु जरुरि छ ।
Madhabprasad Karki
बाबुरामको आवश्यकता देशलाइ छ।