बन्ने भयो नेपालकै पहिलो सुरुङ मार्ग, प्रधानमन्त्री ओलीले गरे शिलान्यास

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ४, २०७६
|
|
२४ पटक हेरिएको
Shares
बन्ने भयो नेपालकै पहिलो सुरुङ मार्ग, प्रधानमन्त्री ओलीले गरे शिलान्यास

सारांश

  • काठमाडौँ ।
  • सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास गरिएको छ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा विशेष कार्यक्रमका बीच शिलान्यास गरे।

काठमाडौँ । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा विशेष कार्यक्रमका बीच शिलान्यास गरे। यो मार्ग नेपालको पहिलो सुरुङ मार्ग हुनेछ। जापानको हामजो निर्माण कम्पनीले ४२ महिना भित्र यसको निर्माण सम्पन्न गरिसक्ने छ।

जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साँढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरु भएको थियो। यसका लागि २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ।

प्रवेश मार्गसहित ५.५६ किमी सडक मार्ग मध्ये सुरुङ मार्ग २.६८ किमीको हुनेछ। यो सुरुङ निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। करिब रु छ अर्ब प्रभावितलाई मुआब्जा वितरणमै खर्च हुने छ। यो रकम नेपाल सरकारले व्यहोर्ने छ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–१, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको र हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको छ। धादिङको धुनिवेशी नगरपालिका–९ का प्रभावितलाई मुआब्जा दिने निर्णय भइसकेको हुँदा छिटो वितरण प्रक्रिया पनि शुरु गरिनेछ।

यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भएपनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक मार्ग निर्माण हुन लागेको हो । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको छ । सडक पूर्वाधारमा यहाँ निर्माण हुनलागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिजिट भिसामा विदेश जाँदा अंग्रेजी जान्नै पर्ने
भिजिट भिसामा विदेश जाँदा अंग्रेजी जान्नै पर्ने
बलिया टिमलाई पाखा लगाउँदै फाइनलसम्म पुगेकाे क्रोएसियाबारे जान्नै पर्ने कुराहरु
बलिया टिमलाई पाखा लगाउँदै फाइनलसम्म पुगेकाे क्रोएसियाबारे जान्नै पर्ने कुराहरु
ट्रम्पको क्यारिकेचर गर्ने विश्वका १८ कमेडियनमा मनोज गजुरेल पनि
ट्रम्पको क्यारिकेचर गर्ने विश्वका १८ कमेडियनमा मनोज गजुरेल पनि
कांग्रेसमा यसरी उदाए देउवा
कांग्रेसमा यसरी उदाए देउवा
कस्तो छ तपाईंको राशिफल?
कस्तो छ तपाईंको राशिफल?
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
राप्रपा केन्द्रीय समितिको विस्तारित बैठक शुक्रबारदेखि काठमाडौंमा बस्ने
राप्रपा केन्द्रीय समितिको विस्तारित बैठक शुक्रबारदेखि काठमाडौंमा बस्ने
चलचित्रमार्फत बालविवाह नियन्त्रण अभियान
चलचित्रमार्फत बालविवाह नियन्त्रण अभियान
कहाँबाट आईस……..सिमाना मा नेपाली लाई ठाडो प्रश्न
कहाँबाट आईस……..सिमाना मा नेपाली लाई ठाडो प्रश्न
मन्त्री देबेन्द्र दाहालको आतिथ्यमा अटोमोटिभ व्यवसाय सुधारको लागी NABA को पहिलो साधारण सभा भोलि सम्पन्न हुँदै ।
मन्त्री देबेन्द्र दाहालको आतिथ्यमा अटोमोटिभ व्यवसाय सुधारको लागी NABA को पहिलो साधारण सभा भोलि सम्पन्न हुँदै ।

तपाईंले छुटाउनुभयो कि?