आजदेखि नयाँ नोट, प्रतिव्यक्ति २७ हजार साट्न पाइने

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २१, २०७५
|
|
२४ पटक हेरिएको
Shares
आजदेखि नयाँ नोट, प्रतिव्यक्ति २७ हजार साट्न पाइने

सारांश

  • काठमाडौं ।
  • दसैंलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आइतबारदेखि नयाँ नोट साट्ने भएको छ ।
  • राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोटको सटही खुला गरेको हो।

काठमाडौं । दसैंलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आइतबारदेखि नयाँ नोट साट्ने भएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोटको सटही खुला गरेको हो।

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलका अनुसार गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही सुविधा दिइएको छ ।

राष्ट्र बैंकले विभिन्न २१ स्थानबाट नयाँ नोट सटही गर्दै छ । राष्ट्र बैंकले आफूले बाहेक वाणिज्य बैंकहरूलाई पनि नयाँ नोट साट्ने जिम्मेवारी दिएको छ । गत वर्ष पनि वाणिज्य बैंकहरूले नयाँ नोट सटही गरेका थिए ।

राष्ट्र बैंकले १२ असोजबाटै वाणिज्य बैंकलाई नयाँ नोट उपलब्ध गराएको थियो ।बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूले पनि नयाँ नोट सटही गर्न सक्ने छन्।

राष्ट्र बैंकका अनुसार नोट साट्दा थान मात्र साटिनेछ । नयाँ नोट सटहीका लागि राष्ट्र बैंकको थापाथली कार्यालय तथा राष्ट्र बैंकले उपत्यकाभित्र र बाहिर नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ ।

उपत्यकाबाहिर राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट पनि नयाँ नोट साट्न पाइनेछ । राष्ट्र बैंकका उपत्यकाबाहिरका कार्यालय र राष्ट्र बैंक मातहत सञ्चालित नोट कोष रहेका वाणिज्य बैंकले समेत सर्वसाधारणलाई नयाँ नोट साट्ने सुविधा उपलब्ध गराउनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?