देउवा प्रधानमन्त्री भएको ४९ दिनपछि १९ मन्त्री थपिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ११, २०७४
|
|
४४ पटक हेरिएको
Shares
देउवा प्रधानमन्त्री भएको ४९ दिनपछि १९ मन्त्री थपिए

सारांश

  • काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्।
  •  विस्तारित मन्त्रिपरिषद्का सदस्यमा नेपाली कांग्रेसबाट १०, नेकपा (माओवादी केन्द्र) बाट ६, नेपाल लोकतान्त्रिक फोरम बाट २ र नेकपा (संयुक्त) बाट १ गरी १९ छन्।
  • बुधबार विस्तारित मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट यज्ञबहादुर थापा (कानुन, न्याय तथा संसदीय मामिला), सञ्जय गौतम (सिँचाइ) , रामकृष्ण यादव (कृषि), राजेन्द्रकुमार केसी (युवा तथा खेलकुद), भीमसेनदास प्रधान (रक्षा), अम्बिका बस्नेत (सहकारी तथा गरिबी), मोहनबहादुर बस्नेत (सूचना तथा सञ्चार), वीरबहादुर बलायर (भौतिक पूर्वाधार तथा यातायात), मीनबहादुर विश्वकर्मा (वाणिज्य) र महेन्द्र यादव (खानेपानी तथा सरसफाइ) रहनुभएको छ।

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। विस्तारित मन्त्रिपरिषद्का सदस्यमा नेपाली कांग्रेसबाट १०, नेकपा (माओवादी केन्द्र) बाट ६, नेपाल लोकतान्त्रिक फोरम बाट २ र नेकपा (संयुक्त) बाट १ गरी १९ छन्।

बुधबार विस्तारित मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट यज्ञबहादुर थापा (कानुन, न्याय तथा संसदीय मामिला), सञ्जय गौतम (सिँचाइ) , रामकृष्ण यादव (कृषि), राजेन्द्रकुमार केसी (युवा तथा खेलकुद), भीमसेनदास प्रधान (रक्षा), अम्बिका बस्नेत (सहकारी तथा गरिबी), मोहनबहादुर बस्नेत (सूचना तथा सञ्चार), वीरबहादुर बलायर (भौतिक पूर्वाधार तथा यातायात), मीनबहादुर विश्वकर्मा (वाणिज्य) र महेन्द्र यादव (खानेपानी तथा सरसफाइ) रहनुभएको छ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट गिरिराजमणि पोखरेल (स्वास्थ्य), टेकबहादुर बस्नेत (सामान्य), शिवकुमार मण्डल (आपूर्ति), महेन्द्रबहादुर शाही (ऊर्जा) र आशा कोइराला (महिला, बालबालिका तथा समाज कल्याण), सन्तकुमार थारु (पशुपक्षी विकास), नेपाल लोकतान्त्रिक फोरमबाट जितेन्द्र देव (संस्कृति, पर्यटन तथा नागरिक उडड्यन), गोपाल दहित (भूमि सुधार तथा व्यवस्था) र नेकपा (संयुक्त) बाट मिथिला चौधरी (जनसंख्या तथा वातावरण) बनेका छन्।

उद्योग, वन, विज्ञान र शान्ति तथा पुनःनिर्माण मन्त्रालय प्रधानमन्त्री स्वयंले राखेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको उपस्थितिमा बुधबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएकी छिन्।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, सांसद, उच्च सरकारी अधिकारीलगायत उपस्थित थिए।

गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचितभएका कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीको शपथसँगै जेठ २४ गते आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए।

यसअघि नै लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधान र सङ्घीय मामिला तथा स्थानीय विकास, माओवादी केन्द्रका कृष्णबहादुर महरा उपप्रधान र परराष्ट्र, काँग्रेसका गोपालमान श्रेष्ठ उपप्रधान र शिक्षा मन्त्रालयको जिम्मेवारीमा छन्।

त्यसैगरी, कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ र फर्मुल्लाह मन्सुरले श्रम तथा रोजगार तथा माओवादी केन्द्रका जनार्दन शर्माले गृह र प्रभु साहले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाली सकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्रका राष्ट्रियसभा सदस्यका उम्मेदवार को कस्ता ?
माओवादी केन्द्रका राष्ट्रियसभा सदस्यका उम्मेदवार को कस्ता ?
अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी पहिलोपटक नेपालमा सुरु
अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी पहिलोपटक नेपालमा सुरु
मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन कारबाहीमा
मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन कारबाहीमा
संविधान संशोधन विधेयक पारितपछि भारतले भन्योः वार्ता गर्ने सझदारी उल्लंघन भयो
संविधान संशोधन विधेयक पारितपछि भारतले भन्योः वार्ता गर्ने सझदारी उल्लंघन भयो
महानगरको २६ र २९ नं वडामा एमालेको प्यानल विजयी
महानगरको २६ र २९ नं वडामा एमालेको प्यानल विजयी
टाटा ब्रान्डका गाडी खरिद गर्न महालक्ष्मी विकास बैंकबाट ९.९९ प्रतिशतमै कर्जा पाइने
टाटा ब्रान्डका गाडी खरिद गर्न महालक्ष्मी विकास बैंकबाट ९.९९ प्रतिशतमै कर्जा पाइने
यार्सागुम्बु जत्तिकै लाभदायक कोर्डिसेप मिलीटारिस
यार्सागुम्बु जत्तिकै लाभदायक कोर्डिसेप मिलीटारिस
एनआईसी एशिया बैंक र नर्भिक हस्पिटलबीच सम्झौता
एनआईसी एशिया बैंक र नर्भिक हस्पिटलबीच सम्झौता
कमल थापा मकवानपुर-१ बाट चुनाव लड्ने
कमल थापा मकवानपुर-१ बाट चुनाव लड्ने
विश्वकप क्रिकेटः अफगानिस्तान विरुद्ध भारतको सहज जित
विश्वकप क्रिकेटः अफगानिस्तान विरुद्ध भारतको सहज जित

तपाईंले छुटाउनुभयो कि?