राजपा चुनावमा आउने प्रधानमन्त्रीको विश्वास

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २०, २०७४
|
|
२४ पटक हेरिएको
Shares
राजपा चुनावमा आउने प्रधानमन्त्रीको विश्वास

सारांश

  • जनकपुरधाम: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी राजपा चुनावमा सहभागी हुने विश्वास व्यक्त गरेका छन्।
  • जनकपुरधाममा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले मधेशका मुद्दाको सम्बोधन क्रमशः हुँदै गएका कारण राजपालाई चुनावमा जान वातावरण बनेको बताए।
  • कांग्रेस संविधान संशोधन विधेयकलाई पारित गराउन अग्रसर रहे पनि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाधक देखिएको प्रधानमन्त्री देउवाले बताए।

जनकपुरधाम: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी राजपा चुनावमा सहभागी हुने विश्वास व्यक्त गरेका छन्।जनकपुरधाममा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले मधेशका मुद्दाको सम्बोधन क्रमशः हुँदै गएका कारण राजपालाई चुनावमा जान वातावरण बनेको बताए।

कांग्रेस संविधान संशोधन विधेयकलाई पारित गराउन अग्रसर रहे पनि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाधक देखिएको प्रधानमन्त्री देउवाले बताए।निर्वाचनमा नेकपा माओवादी केन्द्रलगायत इच्छुक दलसँग कांग्रेस तालमेल गर्ने पक्षमा रहेको पनि उनले स्पष्ट गरे।

उनले एशियाली विकास बैंकको आयोजनाअन्तर्गत जनकपुरमा भइरहेको सडक र ढल निर्माण कार्यमा सहयोग गर्न जनकपुरवासीसँग आग्रह गरे।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?