झापा जाँदै गरेको जीप एकाबिहानै दुर्घटना, ६ को मृत्यु, ४ घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
२२ पटक हेरिएको
Shares
झापा जाँदै गरेको जीप एकाबिहानै दुर्घटना, ६ को मृत्यु, ४ घाइते

सारांश

  • धनुषा, १३ माघ ।
  •  काठमाडौंबाट झापा जान लागेको बा९च ३३१४ नम्बरको टाटा सुमो धनुषाको गणेशमान चारनाथ–८ पोर्तहा भन्ने ठाऊँमा आज बिहान ३ बजे दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।
  • ४ जना घाइते छन् ।

धनुषा, १३ माघ । काठमाडौंबाट झापा जान लागेको बा९च ३३१४ नम्बरको टाटा सुमो धनुषाको गणेशमान चारनाथ–८ पोर्तहा भन्ने ठाऊँमा आज बिहान ३ बजे दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । ४ जना घाइते छन् ।

मृतकहरु सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी चक्रबहादुर सिंहले बताए । मृत्यु हुनेमा विराटनगरका शारदा रेग्मी दाहाल, खोटाङ निर्मलडाँडाका ज्ञानबहादुर चौहान, मोरङका बलराज न्यौपाने, मोरङ लेटाङ ८ का खेमकुमार रानामगर, पाँचथर रवि छ का प्रनिता राई, संखुवासभा धर्मदेवी वडा न ९ का नयाराज जिमी रहेको एसपी सिंहले बताए ।

चार जना घाइते छन् । घाइतेमध्ये संखुवासभाका छत्रबहादुर जिमीको अवस्था गम्भीर रहेको एसपी सिंहले बताए । घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

गाडीभित्र ११ जना यात्रु रहेको सशस्त्र प्रहरी बेसक्याम्प रघुनाथपुरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक अनिल कार्कीले बताए । घटनास्थलबाट कार्कीले दिएको जानकारी अनुसार दुर्घटनापछि सुमो पोखरीमा डुबेको छ । ६ जनाको पोखरीको पानी खाएर मृत्यु भएको हुनसक्ने उनले प्रारम्भीक अनुमान गरेका छन् । ५ जना यात्रु गाडीको सिसा फोरेर बाहिर निस्किएको कार्कीले बताए ।

पाँचथरमा जीप खस्दा २ जनाको ज्यान गयो
त्यसैगरी, पाँचथरको याङ्वरक गाउँपालिका–३ मा गएराति ११ बजे जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । पाँचथरकै बारिबुङ्गबाट योयाङ्ग बजारतर्फ यात्रु लिएर जाँदै गरेको ग १ ज ६० ८५ नम्बरको जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खस्दा ६ जना यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको जानकारी अनुसार, दुर्घटनामा याङ्वरक गाउपालिका–३ का १९ वर्षीय प्रवेश योङ्या र १६ वर्षीय सन्दीप योङयाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते ६ जनालाई उपचारका लागि झापा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

’भुलवश’ युक्रेनी विमान खसालिएको इरानले स्वीकार्‍यो, राष्ट्रपतिले भने ’अक्षम्य गल्ती’
’भुलवश’ युक्रेनी विमान खसालिएको इरानले स्वीकार्‍यो, राष्ट्रपतिले भने ’अक्षम्य गल्ती’
हेर्नुहोस क कस्को  राजनीतिक अस्तित्व नै संकटमा छ ?
हेर्नुहोस क कस्को राजनीतिक अस्तित्व नै संकटमा छ ?
प्रतिकिलोमिटर ७० पैसामा गुड्छ विद्युतीय सवारीसाधन, प्रयोग किन नगर्ने
प्रतिकिलोमिटर ७० पैसामा गुड्छ विद्युतीय सवारीसाधन, प्रयोग किन नगर्ने
लागुऔषध कारोवारमा संलग्न छ पक्राउ
अस्पतालमा छोरी, घरपुग्दा छोरा!
अस्पतालमा छोरी, घरपुग्दा छोरा!
प्रधानमन्त्री प्रचण्डसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता, के भयाे छलफल ?
प्रधानमन्त्री प्रचण्डसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता, के भयाे छलफल ?
जुन नेपाली परिवारका आठैजना कोरोनाभाइरसको सङ्क्रमणपछि निको भए
जुन नेपाली परिवारका आठैजना कोरोनाभाइरसको सङ्क्रमणपछि निको भए
शिक्षकको माग पूरा संविधान संशोधनबाट मात्रै सम्भव
शिक्षकको माग पूरा संविधान संशोधनबाट मात्रै सम्भव
के दागबत्ती दिन छोराछोरी मात्र नै चाहिन्छ र ???
के दागबत्ती दिन छोराछोरी मात्र नै चाहिन्छ र ???
किम कारडासियनसहित सेलिब्रेटीले एक दिन सामाजिक सञ्चाल फ्रिज गर्ने
किम कारडासियनसहित सेलिब्रेटीले एक दिन सामाजिक सञ्चाल फ्रिज गर्ने

तपाईंले छुटाउनुभयो कि?