क्रिप्टोकरेन्सी चल्ने मोबाइल एप र वेभसाइट नेपालमान नचल्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १, २०७८
|
|
२१ पटक हेरिएको
Shares
क्रिप्टोकरेन्सी चल्ने मोबाइल एप र वेभसाइट नेपालमान नचल्ने

सारांश

  • नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी र अन्य गैरकानुनी डिजिटल मुद्राको कारोबार हुने मोबाइल एप र वेबसाइट बन्द गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ ।
  • प्राधिकरणले मंगलवारसूचना निकालेर क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन बेटिङ जस्ता साइट नेपालमा चल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।
  • प्राधिकरणको निर्देशनपछि अब इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूले क्रिप्टोकरेन्सी र अन्य गैरकानुनी डिजिटल मुद्राको कारोबार हुने मोबाइल एप र वेबसाइट बन्द गर्नुपर्नेछ ।

नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी र अन्य गैरकानुनी डिजिटल मुद्राको कारोबार हुने मोबाइल एप र वेबसाइट बन्द गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ ।

प्राधिकरणले मंगलवारसूचना निकालेर क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन बेटिङ जस्ता साइट नेपालमा चल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

प्राधिकरणको निर्देशनपछि अब इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूले क्रिप्टोकरेन्सी र अन्य गैरकानुनी डिजिटल मुद्राको कारोबार हुने मोबाइल एप र वेबसाइट बन्द गर्नुपर्नेछ ।

सरकारको निर्देशनपछि यसअघि नेपालमा पोर्न साइटहरू पनि बन्द भएका दिए । नेपालबाट क्रिप्टोकरेन्सी अन्य डिजिटल मुद्राको माध्यम हुँदै रकम विदेशिने र नागरिक ठगिने क्रम बढेपछि अर्थ मन्त्रालयले यस्ता कारोबार हुने एप र वेबसाइट निषेध गर्ने व्यवस्था मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको थियो । सञ्चार मन्त्रालयले इन्टरनेट र मोबाइल सेवा प्रदायक नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएपछि आज प्राधिकरणले सूचना निकालेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?