नेपाल मेरो घर भन्दै आए उदित नारायण पुत्र आदित्य
सारांश
- गायक आदित्य नारायण झा शनिबार बेलुकी ठमेलको क्लब फरेनहाटइमा आयोजना हुन लागेको ‘आदित्य नारायण झा लाइभ इन नेपाल’ कार्यक्रममा सहभागी हुन नेपाल आइपुगेका छन् ।
- त्रिुभवन विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै उनले नेपाललाई आफ्नो घर भने ।
- क्यामेराको अगाडि नमस्ते गर्दै मुस्काएका आदित्यले बुबा उदितनारायण झाले गाएको हिट गीत ‘यो गाउँको ठिट्टो म’ पनि गाएर सुनाएका थिए ।
गायक आदित्य नारायण झा शनिबार बेलुकी ठमेलको क्लब फरेनहाटइमा आयोजना हुन लागेको ‘आदित्य नारायण झा लाइभ इन नेपाल’ कार्यक्रममा सहभागी हुन नेपाल आइपुगेका छन् । त्रिुभवन विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै उनले नेपाललाई आफ्नो घर भने । क्यामेराको अगाडि नमस्ते गर्दै मुस्काएका आदित्यले बुबा उदितनारायण झाले गाएको हिट गीत ‘यो गाउँको ठिट्टो म’ पनि गाएर सुनाएका थिए ।
मिडियाकर्मीले नेपाल तपाइको घर कि मामाघर भनेर प्रश्न गर्दा उनले नेपाललाई आफ्नो घर भनेका थिए । आदित्यले भने–‘करिब ८ बर्षपछि म नेपाल आएको हुँ । एकदमै खुशी छु । म भोली जान्छु, यसैले अहिले खासै घुम्न पाउने छैन । नेपाली खाना म जे खुवाउनुहुन्छ खान्छु ।’
उनले अगाडि भने–‘मलाई माया गर्ने फ्यानहरु सबैलाई विशेष धन्यवाद ।’ उनी आज बेलुकी क्लब फरेनहाइटमा गुञ्जनेछन् । उनले, आफूले गाएका हिट बलिउड र नेपाली चलचित्रका गीत गाउने बताइएको छ । रातको ११ बजेपछि मात्र आदित्य स्टेजमा उक्लिने आयोजकले बताएको छ ।
उनी आफ्नो टिमसहित नेपाल आएका थिए । नेपालमा आदित्यको राम्रो क्रेज रहेकाले उनलाई नेपाल ल्याएको आयोजकले बताएको छ ।
यो पनि पढ्नुस्
५० लाख रुपैयाँ पुरस्कारको कमेडी च्याम्पियन हुँदै
गाईजात्राको अवसर पारेर आउँदो भदौदेखि कान्तिपुर टेलिभिजनबाट स्ट्यान्डप कमेडी कार्यक्रम ‘कमेडी च्याम्पियन’ प्रशारण हुने भएको छ । प्रतिष्पर्धात्मक यो कमेडी रियालिटी शोलाई ‘३ प्रोडक्सन’ले निर्माण गर्न लागेको हो ।
कार्यक्रमका निर्देशक विशाल भण्डारीका अनुसार यो प्रतियोगितामा अग्रज हास्यव्यंग्य अभिनेता सन्तोष पन्त, हास्य अभिनेता मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई निर्णायक छन् । कुनै पनि बिदेशी हास्य कार्यक्रमको फ्रेञ्चाइज नभएको दावी निर्देशक भण्डारीले बताए । प्रतियोगितामा भाग लिन गुगल प्लेस्टोरमा गएर कमेडी च्याम्पियनको एप्स डाउनलोड गरी सम्पादन नगरिएको ३ मिनेटको स्ट्याण्ड अप कमेडी भिडियो पठाउनु पर्नेछ ।
नेपालबाट सहभागि हुनेले ३ मिनेट र नेपालबाहिरबाट ५ मिनटको भिडियो एप्समार्फत आयोजकलाई पठाउनु पर्नेछ । यसरी सहभागिले पठाएका भिडियोमार्फत निर्णयकले छनौट गरेका उत्कृष्ट प्रतिभाहरुले विभिन्न शहरमा हुने अडिसनमा सहभागि हुने अवसर पाउनेछन् ।
अडिसनबाट चयन भएकाहरु मध्ये उत्कृष्ट २५ बाट उत्कृष्ट १५ हँुदै उत्कृष्ट ३ लाई फाईनलमा उतार्ने पनि निर्देशक भण्डारीले जानकारी गराए । उत्कृष्ट तीनबाट दर्शकको भोट र निर्णायकको निर्णयको आधारमा एक जनालाई उत्कृष्ट कमेडी च्याम्पियन घोषणा गरिने छ । कमेडी च्याम्पियनको उपाधि बिजेताले २५ लाख रुपैयाँ बराबारको कार र २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन ।
यो कार्यक्रमको सञ्चालन अभिनेत्री रिमा विश्वकर्मा रहने छिन् । सान थापा लेखक रहेको कार्यक्रममा अभिनेत्री केकी अधिकारी, राज घिमिरे र सृजा थपलिया निर्माता रहेका छन् । निर्माता एवम् अभिनेत्री केकी अधिकारीले कसैलाई मानहानी नहुने गरी उच्चस्तरको स्ट्याण्डअप कमेडी कार्यक्रम निर्माण गर्ने बताइन् ।
हास्यब्यंग्य कलाकार एवम् निर्णायक सन्तोष पन्तले आफुहरुको पालामा भन्दा अहिले कमेडी सेन्स दर्शक र कलाकारमा धेरै बढेको बताए ।
अर्का निर्णायक मनोज गजुरेलले अहिलेको पुस्ताको चाहना अनुसारको कमेडी कार्यक्रम बन्ने विश्वास व्यक्त गरे । निर्णायक एवम् अभिनेत्री ऋचा शर्माले पनि नेपाली स्ट्यान्डप कमेडीमा यो पहिलो नम्बरको कार्यक्रम बन्ने बताईन् । अर्का निर्णायक प्रदीप भट्टराईले यो कार्यक्रममा धेरै राम्रा कमेडियन जन्मिने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया