मन्दिर पुनःनिर्माणका लागि १४ लाख

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २०, २०७९
|
|
२४ पटक हेरिएको
Shares
मन्दिर पुनःनिर्माणका लागि १४ लाख

सारांश

  • ललितपुर ।
  • रोटरी क्लब अफ पाटन हेरिटेजले भाइदेग मन्दिर पुनःनिर्माणका लागि रु १४ लाख संस्कृति सम्पदा संरक्षण समूहलाई हस्तान्तरण गरेको छ ।
  • रोटरी क्लब अफ पाटन हेरिटेजका संस्थापक अध्यक्ष गणेश कार्कीले संस्कृति सम्पदा संरक्षण समूहका अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

ललितपुर । रोटरी क्लब अफ पाटन हेरिटेजले भाइदेग मन्दिर पुनःनिर्माणका लागि रु १४ लाख संस्कृति सम्पदा संरक्षण समूहलाई हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ पाटन हेरिटेजका संस्थापक अध्यक्ष गणेश कार्कीले संस्कृति सम्पदा संरक्षण समूहका अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । रोटरीले १९९० सालको भुइँचालोले भग्नावशेष बनाएको पाटन दरबार क्षेत्रको भाइदेग मन्दिर पुनःनिर्माणका लागि सम्पदा यात्रा कार्यक्रम सञ्चालन गरेर सङ्कलन गरेको रकमको चेक उपलब्ध गराएको हो ।

क्लबले गत फागुन ६ गते शिवरात्रिका दिन मङ्गलबजारदेखि कीर्तिपुरको उमामहेश्वर मन्दिरसम्म सम्पदा यात्रा गरेर उक्त रकम जुटाएको थियो । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपाल सरकारको सार्वजनिक खरिद ऐनका कारण सम्पदा निर्माण तथा पुनःनिर्माणमा गुणस्तरीय काम हुन नसक्ने बताए ।

“सार्वजनिक देवालय, शिवालय तथा मठमन्दिर निर्माणका लागि बोलपत्र आह्वान गर्दा गुणस्तरीय काम हुन सक्दैन, कम गुणस्तरको हुन्छ, त्यसकारण संस्कृति र सम्पदा मासिन पुग्छ, सम्पदा बचाउन र देवालय, शिवालय तथा मठमन्दिरको गुणस्तरीयता कायम गर्न उपभोक्ता समितिमार्फत स्थानीय कलाकार र कालिगढबाट गरिनुपर्छ”, उनले भने ।

उनले महानगरले भाइदेग मन्दिर पुनःनिर्माणका लागि अहिलेसम्म रु एक करोड २३ लाख दिइसकेको जनाउँदै यस वर्षका लागि रु ५० लाख छुट्याइएको जानकारी गराए । कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले सम्पदा जोगाउन सबै एकजुट हुनुपर्ने बताए । उनले भाइदेग मन्दिर पुनःनिर्माणमा गुणस्तरीय काम हुनेमा विश्वास व्यक्त गरे ।

रोटरी डिस्ट्रिक गभर्नर जितेन्द्रबहादुर राजभण्डारीले सम्पदा क्षेत्रको निर्माणमा बोलपत्र आह्वान गरिन नहुनेमा जोड दिँदै सम्पदा प्रेमी मिलेर संरक्षणका लागि क्रियाशील हुनुपर्नेमा जोड दिए । उनले रोटरीले गर्ने विभिन्न सामाजिक काम जस्तै सम्पदा यात्रा गरेर ८९ वर्ष अघि भत्किएर लोप भइसकेको मन्दिर पुनःनिर्माणका लागि रकम उपलब्ध गराउनु पनि महत्वपूर्ण काम भएको बताए ।

अग्रज पत्रकार कनकमणि दिक्षितले यो रकम प्राप्त भएसँगै डेड वर्षदेखि रोकिएको भाइदेग मन्दिर पुनःनिर्माणको काम पुनःसुरु हुनेमा विश्वास व्यक्त गरे । रोटरी क्लब पाटनका संस्थापक सदस्य तथा कार्यक्रममा संयोजक कृष्णलाल महर्जनले भाइदेग मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गरिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीलाई षड्यन्त्रकारीले दलालका रुपमा तयार गरेको प्रचण्डको आरोप
ओलीलाई षड्यन्त्रकारीले दलालका रुपमा तयार गरेको प्रचण्डको आरोप
सुर्खेत २ मा एमालेका नवराज रावत विजयी
सुर्खेत २ मा एमालेका नवराज रावत विजयी
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यपद त्याग्ने यि नेता !
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यपद त्याग्ने यि नेता !
गृहमन्त्री लामिछानेले भन्नुभयो– ‘आत्मदाहको निर्णय फेर्न सकेनौँ, हामी दोषी छौँ’
गृहमन्त्री लामिछानेले भन्नुभयो– ‘आत्मदाहको निर्णय फेर्न सकेनौँ, हामी दोषी छौँ’
उत्कृष्ट बन्दै दुधकौशिका गाउँपालिका वडा नं.९ को ‘लोखिम एकता समूह’
उत्कृष्ट बन्दै दुधकौशिका गाउँपालिका वडा नं.९ को ‘लोखिम एकता समूह’
जनआन्दोलनका गम्भीर घाइते मुकेश कायस्थलाई सम्मान
निजी क्षेत्रको लगानी उत्पादनमा केन्द्रित हुन जरुरी : अर्थमन्त्री महत
निजी क्षेत्रको लगानी उत्पादनमा केन्द्रित हुन जरुरी : अर्थमन्त्री महत
अर्जेन्टिनाका समर्थक नेपाली युवाले गरे आत्महत्याको प्रयास
अर्जेन्टिनाका समर्थक नेपाली युवाले गरे आत्महत्याको प्रयास
३३ किलाे सुन प्रकरण: अदालतमा थुनछेक बहस सुरु !
३३ किलाे सुन प्रकरण: अदालतमा थुनछेक बहस सुरु !
ऐतिहासिक वृहत बामपन्थी शिक्षक एकता अभियान शुरु
ऐतिहासिक वृहत बामपन्थी शिक्षक एकता अभियान शुरु

तपाईंले छुटाउनुभयो कि?