बालेन शाहले लगाए ‘काठमाडौ मल’ मा डोजर

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ८, २०७९
|
|
४५ पटक हेरिएको
Shares
बालेन शाहले लगाए ‘काठमाडौ मल’ मा डोजर

सारांश

  • काठमाडौं ८ भदौ ।
  • काठमाडौको सुन्धारा स्थित ‘काठमाडौ मल’ मा डोजर चलाइएको छ ।
  • बुधबार बिहान काठमाडौ महानगरपालिकाले अनाघिकृत संरचना बनाएको भन्दे डोजर लगाएको हो ।

काठमाडौं ८ भदौ । काठमाडौको सुन्धारा स्थित ‘काठमाडौ मल’ मा डोजर चलाइएको छ । बुधबार बिहान काठमाडौ महानगरपालिकाले अनाघिकृत संरचना बनाएको भन्दे डोजर लगाएको हो । महानगरका मेयर बालेन साहको टोली सहित गएर सो संरचना डोजर लगाइ हटाएको हो।

डोजर प्रयोग गरी अनधिकृत संरचना हटाएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मीरा चौधरीसहितको टोली पनि उक्त स्थानमा पुगेको छ।

काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको छ। यो भवन भाडामा लिएकाहरूले अनधिकृत रूपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?