त्रिकोणात्मक टि-२० सिरिज : हङकङलाई पराजित गर्दै नेपाल फाइनलमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ४, २०८०
|
|
१८ पटक हेरिएको
Shares
त्रिकोणात्मक टि-२० सिरिज :  हङकङलाई पराजित गर्दै नेपाल फाइनलमा

सारांश

  • नेपालद्वारा हङकङ पराजित काठमाडौं।
  • त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको छ।
  • मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा पुगेको हो।

नेपालद्वारा हङकङ पराजित
काठमाडौं। त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको छ। मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा पुगेको हो।

नेपालले यसअघि भएको पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो भने दोस्रो खेलमा हङकङलाई नै ६ विकेटले पराजित गरेको थियो। नेपालले हङकङलाई जितका लागि दुई सय १४ रनको लक्ष्य दिएको थियो। जवाफमा हङकङले निर्धारित २० ओभरमा आठ विकेटका क्षतिमा एक सय ३४ रनमा मात्रै बनाउन सक्यो। हङकङका लागि अंशुमन रथले सर्वाधिक ४५ रनको योगदान दिए । त्यस्तै बाबर हायात २० तथा एजाज खानले २५ रन जोडे।

नेपालका लागि सोमपाल कामी, करण केसी र ललित राजवंशीले समान २-२ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी र प्रतिश जिसिले समान १-१ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो। नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए। कुशलले ४१ ब्लमा तीन चौका र नौ छक्काको सहयोगमा ९२ रन बनाए। त्यस्तै दिपेन्द्रले ३४ बलमा छ चौका र दुई छक्काको मद्दतमा ५७ रन बनाए । कुशल मल्ल र दीपेन्द्रले एक सय ४५ रनको साझेदारी गरेका थिए । त्यसैगरी आशिफ शेखले २० रन बनाए भने कप्तान रोहितकुमार पौडेलले ११ रन बनाए।

हङकङका लागि मोहमद घजन्फरले दुई विकेट लिए भने आयुष शुक्ला, हरुन अर्षद र एजाज खानले समान एक-एक विकेट लिए। अब नेपालले यही असोज ६ गते यूएईसँग खेल्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आईपीएलमा मुम्बईको पहिलो जित
आईपीएलमा मुम्बईको पहिलो जित
राष्ट्रपति, सांसददेखि उच्च तहका नेताले विदेशमा उपचार गरे राज्यले खर्च नदिने
राष्ट्रपति, सांसददेखि उच्च तहका नेताले विदेशमा उपचार गरे राज्यले खर्च नदिने
गाउँ, नगरका प्रमुख, उपप्रमुखसहित १६ सयलाई पुग्यो अख्तियारको कार्वाही पत्र, जिल्ला सहित
बिकाशको लागि बाम गठबन्धनको जित आबस्यक-राजन भट्टराई
बिकाशको लागि बाम गठबन्धनको जित आबस्यक-राजन भट्टराई
मोदीले यसरी रचे इतिहास
केपी ओली अल्पमतमा पर्ने भएपछि सचिवालय वैठक अवरुद्ध भएको आशंका, छलफलमा जुटे प्रचण्ड, बामदेव र नारायणकाजी
केपी ओली अल्पमतमा पर्ने भएपछि सचिवालय वैठक अवरुद्ध भएको आशंका, छलफलमा जुटे प्रचण्ड, बामदेव र नारायणकाजी
कांग्रेस–माओवादीबीच चुनावी तालमेल, कहाँबाट को–को परे ?
बिमस्टेक बैठक सम्पन्न, अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण
बिमस्टेक बैठक सम्पन्न, अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण
कस्तो ऋण लिने भन्नेमा सरकार सुस्पष्ट छ : अर्थमन्त्री डा महत
कस्तो ऋण लिने भन्नेमा सरकार सुस्पष्ट छ : अर्थमन्त्री डा महत
मेगा बैंकले नेपालमै पहिलोपटक ल्यायो ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा
मेगा बैंकले नेपालमै पहिलोपटक ल्यायो ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा

तपाईंले छुटाउनुभयो कि?