आज उम्मेदवारको विरोधमा उजुरी दिन पाइने
सारांश
- काठमाडौं, कात्तिक १७ – प्रतिनिधिसभा तथा प्रदेशसभा दोस्रो चरणमा हुने चुनावअन्तर्गत शुक्रबार उम्मेदवारको विरोधमा उजुरी दिन पाइने छ ।
- बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारको विरोधमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने समय तय गरिएको हो ।
- प्रतिनिधि सभा÷प्रदेश सभा चुनावअन्तर्गत बिहीबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्य सम्पन्न भएको थियो ।
काठमाडौं, कात्तिक १७ – प्रतिनिधिसभा तथा प्रदेशसभा दोस्रो चरणमा हुने चुनावअन्तर्गत शुक्रबार उम्मेदवारको विरोधमा उजुरी दिन पाइने छ । बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारको विरोधमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने समय तय गरिएको हो ।
प्रतिनिधि सभा÷प्रदेश सभा चुनावअन्तर्गत बिहीबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्य सम्पन्न भएको थियो । दोस्रो चरणअन्तर्गत आउँदो मंसिर २१ गते हुने चुनावको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ४ हजार ७ सय ८ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । ती उम्मेदवारी ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ सदस्य पदका लागि परेको हो ।
प्रतिनिधि सभातर्फ १ हजार ७ सय ४२ र प्रदेश सभातर्फ २ हजार ९ सय ६६ उम्मेदवारी दर्ता भएको छ । यसैगरी, प्रतिनिधिसभातर्फ १ सय २६ र प्रदेशसभातर्फ २ सय ९ गरी जम्मा ३ सय ३४ महिलाको उम्मेदवारी परेको छ ।
निर्वाचन कार्यक्रमअन्तर्गत शनिबार उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र भोलि नै उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ । कात्तिक १९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने सूची रहेको छ ।
चुनावमा भाग लिन राजनीतिक दल र तिनका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले बिहीबार बाजागाजासहित सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।
प्रतिक्रिया