चेपाङ समुदायलाई दशैँ मनाउनकै चिन्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ४, २०७७
|
|
४५ पटक हेरिएको
Shares
चेपाङ समुदायलाई दशैँ मनाउनकै चिन्ता

सारांश

  • लमजुङ, ४ कात्तिकः लोपोन्मुख चेपाङ समुदाय बडादशैँ मनाउने चिन्तामा छ ।
  • बेँसीशहर नगरपालिका–११ चिती बरबोटको चेपाङ समुदायलाई दशैँ भित्रिसके पनि आम्दानीको कुनै स्रोत नभएकाले अर्थाभावमा दशैँका बेला खाने चामल समेत छैन ।
  • दश घर रहेको बरबोटका चेपाङलाई विगतमा वर्षेनी सहयोग आउने गरेको र त्यसकै भरमा दशैँ मनाउँदै आए पनि यस वर्ष दशैँको चौथौ दिनसम्म पनि कहीँकतैबाट केही सहयोग नआउँदा चेपाङ समुदायलाई सताउन थालेको नेपाल चेपाङ सङ्घ लमजुङ शाखाका पूर्वअध्यक्ष अमृता चेपाङले बताए ।

लमजुङ, ४ कात्तिकः लोपोन्मुख चेपाङ समुदाय बडादशैँ मनाउने चिन्तामा छ । बेँसीशहर नगरपालिका–११ चिती बरबोटको चेपाङ समुदायलाई दशैँ भित्रिसके पनि आम्दानीको कुनै स्रोत नभएकाले अर्थाभावमा दशैँका बेला खाने चामल समेत छैन ।

दश घर रहेको बरबोटका चेपाङलाई विगतमा वर्षेनी सहयोग आउने गरेको र त्यसकै भरमा दशैँ मनाउँदै आए पनि यस वर्ष दशैँको चौथौ दिनसम्म पनि कहीँकतैबाट केही सहयोग नआउँदा चेपाङ समुदायलाई सताउन थालेको नेपाल चेपाङ सङ्घ लमजुङ शाखाका पूर्वअध्यक्ष अमृता चेपाङले बताए । उनले भने, विगतमा जस्तो दशैँ यस वर्ष कोभिड १९ का कारण नमनाए पनि खानाका लागि त्यहाँका अधिकांश चेपाङलाई दशैँमा चामलसमेत किन्ने पैसा छैन ।

दशैँमा मीठोमसिनो खाएर हर्षउमङ्खका साथ मनाउनका लागि आर्थिक अभावका कारण अरुको भर पर्नुपर्दा र सहयोग अहिलेसम्म नआउँदा बालबच्चालाई नयाँ कपडा लाउन र एक छाक खानलाई समस्या भएको ५७ वर्षीय पूर्णबहादुर चेपाङले भने ।

तिनलाई गरी खानलाई खुर्सानी लगाउनेसमेत आफ्नो जमीन छैन । गाउँमा रहेका अन्य समुदायको जमीनमा अधियाँ गरेर खेती गर्नुपर्छ । वर्षभरि गरिएको खेतीबाट उब्जेको अन्नबाली आधीआधी गर्दा दुई महिनाबाहेक खान नपुग्ने उनको भनाइ छ । सत्चालीस वर्षीय तिलकबहादुर चेपाङले भने, गरीबलाई के दशैँ के चाडपर्व, सधै एकनाश भएको छ । जब(जब चाडपर्वको बेला आउँछ अरुले नयाँ नयाँ लगाएको देख्दा हाम्रा छोराछोरीले हामीलाई पनि त्यस्तै कपडा ल्याइदिनुस् न बुबा भन्ने गर्छन् । त्यति बेला मलाई निकै नरमाइलो लाग्छ, अनि मन साह्रै रुन्छ ।

बरबोटका चेपाङ समुदायका १० घर र दोर्दी गाउँपालिका ९ भीरकुनामा चार घर गरी जिल्लामा १४ घरधुरी चेपाय छन् । चेपाङ समुदायले अन्य समुदायको खेतीपाती गर्दै जीविका चलाउँदै आएको छ ।(रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एचआइभी संक्रमितलाई निशुल्क औषधी : प्रम ओली
एचआइभी संक्रमितलाई निशुल्क औषधी : प्रम ओली
नवराज सिलवालको सिको गर्दै डिआइजी रमेश खरेल पनि राजनीतिमै होमिएलान् ?
नवराज सिलवालको सिको गर्दै डिआइजी रमेश खरेल पनि राजनीतिमै होमिएलान् ?
एकता र समृद्धिका पक्षमा सांसदलाई ओली र दाहालको निर्देशन
एकता र समृद्धिका पक्षमा सांसदलाई ओली र दाहालको निर्देशन
पोखरा प्रिमियर लिग:  धनगढी एक्सपर्ट्सकाे सनसनिपुण जित
पोखरा प्रिमियर लिग: धनगढी एक्सपर्ट्सकाे सनसनिपुण जित
प्रधानमन्त्री दाहालले भने : वातावरणका मुद्दामा सहयोग गर्न सरकार प्रतिबद्ध छ
प्रधानमन्त्री दाहालले भने : वातावरणका मुद्दामा सहयोग गर्न सरकार प्रतिबद्ध छ
अध्यक्ष राजिब पहारीको प्रश्न ,युवा संघले  सप्तरीमा श्रमदान गर्दा तराईका पार्टी कहाँ छ्न ?
अध्यक्ष राजिब पहारीको प्रश्न ,युवा संघले सप्तरीमा श्रमदान गर्दा तराईका पार्टी कहाँ छ्न ?
मदनकृष्णलाई सभामुख महराले भने, “विज्ञानको नियम टारेर नटर्ने, सहनुको विकल्प नहुने”
मदनकृष्णलाई सभामुख महराले भने, “विज्ञानको नियम टारेर नटर्ने, सहनुको विकल्प नहुने”
‘पत्रकार धर्तीका सबैभन्दा बेइमान मानिस:ट्रम्प
राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाइनु संविधानसम्मत – निर्वाचन आयोग
राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाइनु संविधानसम्मत – निर्वाचन आयोग
राणा समुहले बनायो नयाँ रणनिति आज राप्रपाको बैठक बस्दै,,
राणा समुहले बनायो नयाँ रणनिति आज राप्रपाको बैठक बस्दै,,