सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २८, २०८०
|
|
२५ पटक हेरिएको
Shares
सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

सारांश

  • काठमाडौँ ।
  • सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको सो पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

काठमाडौँ । सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको सो पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनमत पार्टीलाई सरकारका सहभागी गराउने यसअघि नै बताएका थिए । सो पार्टीका तर्फबाट अनितादेवी साहलाई मन्त्री बनाउने निर्णय यसअघि नै गरिसकेको छ । सत्तागठबन्धमा भए पनि जनमत पार्टी सरकारमा सहभागी हुन सकेको थिएन । बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको पछिल्लो अवस्था र शान्ति सुरक्षालगायतका विषयमा बैठकमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?