सुनकाण्ड बिर्साउने ‘जात्रै जात्राको’ ट्रेलर सार्वजनिक
सारांश
- फिल्म जात्रै जात्राको ट्रेलर शुक्रबार युट्युवबाट सार्वजनिक गरिएको छ ।
- ३ मिनेट १८ सेकेण्डको ट्रेलरमा सुन हराए पछिका घटनाक्रमलाई देखाइएको छ ।
- जेठ ३ गते रिलिज डेट तय भएको फिल्मको ट्रेलर विपिन कार्की, रविन्द्रसिंह बानियााँ, रविन्द्र झा, दयाहाङ राईमा केन्द्रीत छ ।
फिल्म जात्रै जात्राको ट्रेलर शुक्रबार युट्युवबाट सार्वजनिक गरिएको छ । ३ मिनेट १८ सेकेण्डको ट्रेलरमा सुन हराए पछिका घटनाक्रमलाई देखाइएको छ । जेठ ३ गते रिलिज डेट तय भएको फिल्मको ट्रेलर विपिन कार्की, रविन्द्रसिंह बानियााँ, रविन्द्र झा, दयाहाङ राईमा केन्द्रीत छ ।
प्रदीप भट्टराईको निर्देशनमा निर्मित फिल्मलाई रविन्द्रसिंह बानियाँले निर्माण गरेका हुन् । फिल्ममा विपिन, रविन्द्रसिंह र रविन्द्र बाहेक राजाराम पौडेल, वर्षा राउत, प्रकाश घिमिरे, कृष्णभक्त महर्जन, सोहित मानन्धर लगायतले पनि अभियन गरेका छन् ।
चलचित्रमा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी रहेको छ । फिल्मको कथा निर्देशक भट्राईले नै लेखेका हुन् ।
हेर्नुस् जात्राको ट्रेलर
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया