आज देखि मौन अवधि सुरु: आजबाट के गर्न पाइन्छ, के गर्न पाइँदैन?

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २८, २०७९
|
|
१७ पटक हेरिएको
Shares
आज देखि मौन अवधि सुरु: आजबाट के गर्न पाइन्छ, के गर्न पाइँदैन?

सारांश

  • काठमाडौं।
  • ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ ।
  • निर्वाचन आयोगले जारी मौन अवधिको पालनामा ध्यान दिन सबै राजनीतिक दल तथा दलका उम्मेदवारलाई आग्रह गरेको छ।

काठमाडौं। ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले जारी मौन अवधिको पालनामा ध्यान दिन सबै राजनीतिक दल तथा दलका उम्मेदवारलाई आग्रह गरेको छ।

आयोगले स्थानीय तह निर्वाचनका लागि मौन अवधि सुरु भएको र अव बैशाख ३० गते राती १२ बजे सम्मको अवधिमा राजनीतिक दल तथा दलका उम्मेदवारलाई आयोगले तोकेअनुसारको दायरामा रहेर गतिविधि गर्न आग्रह गरेको छ ।

राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिलाई पनि मौन अवधिको पालना गर्न आयोगले निर्देशन दिएको छ । मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तत्र्रिmया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि पूर्ण रुपमा बन्द भएको आयोगले भनेको छ ।

यस अघि आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान स्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउन निर्देशन दिएको थियो । यस्तै यो अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार नगर्न समेत जारी निर्देशिकामा उल्लेख छ ।
यस्तै मौन अवधि भर सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट सेयर गर्न वा गराउन रोक लगाईएको छ। आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न पनि सबैमा आग्रह गरिसकेको छ ।

यस्तै, आयोगले आजदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादकपदार्थको बिक्रीवितरण र सेवन गर्न समेत प्रतिबन्ध लगाएको छ । आयोगले तोकिएको अवधि र ठाउँमा मादकपदार्थ बिक्रीवितरण र सेवन कार्य गर्न निषेध गरेको हो ।

मौन अवधिमा कसैले पनि उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, मास्क, ब्याचजस्ता सांकेतिक सामग्री प्रयोग गर्न, बिक्रीवितरण गर्न, प्रदर्शन गर्न–गराउन पाइने छैन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?