मान्छे मार्ने बाघ निकुञ्जको खोरमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
२१ पटक हेरिएको
Shares
मान्छे मार्ने बाघ निकुञ्जको खोरमा

सारांश

  • चितवन, २२ साउन  पश्चिम चितवनमा एक महिलालाई आक्रमण गरी मारेको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ।
  •  निकुञ्जबाट आठ हात्तीसहित खटिएको पशु चिकित्सकको टोलीले सोमबार साँझ बाघलाई ‘डाट’ गरेर नियन्त्रणमा लिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए।
  • बाघलाई अहिले निकुञ्जको खोरमा राखिएको छ।

चितवन, २२ साउन  पश्चिम चितवनमा एक महिलालाई आक्रमण गरी मारेको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ। निकुञ्जबाट आठ हात्तीसहित खटिएको पशु चिकित्सकको टोलीले सोमबार साँझ बाघलाई ‘डाट’ गरेर नियन्त्रणमा लिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए। बाघलाई अहिले निकुञ्जको खोरमा राखिएको छ।

भरतपुर महानगरपालिका–२५ राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा सोमबार घाँस काट्न गएकी २५ वर्षीया शुशीला डुम्रेलाई बाघले आक्रमण गरेर मारेको थियो। उनको शव भएको ठाउँमा बसिरहेको बाघलाई दिनभरको प्रयासमा डाट गरेर बेहोस बनाई नियन्त्रणमा लिइएको ढकालले बताए।

अन्दाजी १०–१२ वर्ष उमेरको सो बाघ आफ्नो क्षेत्र बनाएर बस्न नसकेकाले बाहिर आएको हुन सक्ने अनुमान गरिएको छ। यसअघि मान्छेलाई आक्रमण गर्न थालेपछि पूर्वी चितवनबाट नियन्त्रणमा लिएर निकुञ्जको खोरमा राखिएको एउटा बाघ केही दिनअघि घाउको संक्रमणबाट मरेको थियो।

चितवनमा वर्षेनी बाघको आक्रमणबाट नागरिकले ज्यान गुमाउँदै आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?