सुनको मूल्यमा गिरावट, तोलाको ९२ हजार ३०० रुपैयाँमा कारोबार
सारांश
- काठमाडौँ, ३० मङ्सिर।
- सुनको मूल्य लगातार दोश्रो दिन पनि ओरालो लागेको छ ।
- मंसिर ३० गते, मंगलबार सुन तोलामा एक सय रुपैयाँले घटेको हो ।
काठमाडौँ, ३० मङ्सिर। सुनको मूल्य लगातार दोश्रो दिन पनि ओरालो लागेको छ । मंसिर ३० गते, मंगलबार सुन तोलामा एक सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
चाँदीको भाउ भने मंगलबार स्थिर रहेको छ । मंसिर २५ गतेबाट चाँदी स्थिर रही एक हजार २०० रुपैयाँमा किनबेच भइरहेको हो ।
अन्तरराष्ट्रिय बजारमा मंगलबार सुनको भाउ वृद्धि भएर प्रति अउन्स एक हजार ८३९ डलर बराबरमा कारोबार हुँदैछ ।-मेरोलगानी
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया