बम विस्फोटन गराएको अभियोगमा दुई पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १०, २०७५
|
|
३५ पटक हेरिएको
Shares
बम विस्फोटन गराएको अभियोगमा दुई पक्राउ

सारांश

  • विराटनगर, १० वैशाख , विराटनगरस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयनजिक बम विस्फोट गराएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–४ बस्ने ४२ वर्षीय युगेन भन्ने उदय राई र ताप्लेजुङको थुकिमा–७ बस्ने ३४ वर्षीय भीम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
  • दुवै जनालाई गत आइतबार प्रहरीले पक्राउ गरेका हुन् ।

विराटनगर, १० वैशाख , विराटनगरस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयनजिक बम विस्फोट गराएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–४ बस्ने ४२ वर्षीय युगेन भन्ने उदय राई र ताप्लेजुङको थुकिमा–७ बस्ने ३४ वर्षीय भीम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । दुवै जनालाई गत आइतबार प्रहरीले पक्राउ गरेका हुन् ।

वैशाख ३ गते बेलुकी ८ः१५ बजेको समयमा विराटनगर–१३ स्थित सो कार्यालयको पश्चिमतर्फको खुल्ला चौरमा उनीहरुले बम विस्फोट गराएको बताइएको छ ।

विस्फोटनबाट सो सम्पर्क कार्यालयको पर्खालमा सामान्य क्षति भएको थियो । साथै सो विस्फोटन भएको स्थानको नजिकमा रहेको देवकान्त झाको घरको झ्यालको सिसाको तोडफोडमा समेत संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी गराउनुभयो । ती दुवै जनाको जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आरजुको प्रश्न – कम्युनिष्टहरुले सुदुर पश्चिमका लागि के गरे?
आरजुको प्रश्न – कम्युनिष्टहरुले सुदुर पश्चिमका लागि के गरे?
राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन : प्रधानमन्त्री दाहाल
राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन : प्रधानमन्त्री दाहाल
‘नेपाली चियाको गुणस्तर जाँच गर्न भारत धाउनुपर्छ ’
‘नेपाली चियाको गुणस्तर जाँच गर्न भारत धाउनुपर्छ ’
हिमपातसँगै परेको वर्षाले बालीनालीमा क्षति
हिमपातसँगै परेको वर्षाले बालीनालीमा क्षति
रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन
रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन
वामपन्थी शक्तिलाई ध्रुवीकरणको अभियानमा जुट्न हुन अध्यक्ष दाहालको अपिल
वामपन्थी शक्तिलाई ध्रुवीकरणको अभियानमा जुट्न हुन अध्यक्ष दाहालको अपिल
राजसंस्थासहितको लोकतन्त्र वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिकः अध्यक्ष थापा
राजसंस्थासहितको लोकतन्त्र वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिकः अध्यक्ष थापा
यसरी शक्ति प्रदर्शन गर्दैछन् राजधानीमा  बामगठबन्धनले
यसरी शक्ति प्रदर्शन गर्दैछन् राजधानीमा बामगठबन्धनले
असोज ९ गते शुक्रवारको राशिफल यस्तो छ
असोज ९ गते शुक्रवारको राशिफल यस्तो छ
सिटिजन्स बैंंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेद्वारा सपथ ग्रहण
सिटिजन्स बैंंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेद्वारा सपथ ग्रहण

तपाईंले छुटाउनुभयो कि?