आज बाट राप्रपाको एकता महाधिवेशन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ६, २०७३
|
|
१५६ पटक हेरिएको
Shares

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
  • महाधिवेशनको उद्घाटन भृकुटी मण्डपमा दिउँसो १ बजे हुनेछ ।
  • महाधिवेशको उद्घाटन राप्रपा अध्यक्ष कमल थापाले गर्नेछन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भृकुटी मण्डपमा दिउँसो १ बजे हुनेछ । महाधिवेशको उद्घाटन राप्रपा अध्यक्ष कमल थापाले गर्नेछन् ।

राप्रपा नेपाल र राप्रपाको एकतापछि पहिलो पटक हुन लागेको महाधिवेशनमा एक लाखभन्दा बढी जनसहभागिता रहने राप्रपाले जनाएको छ । महाधिवेशनमा देशभरबाट तीन हजार चार सय ७० जना महाधिवेशन प्रतिनिधि सहभागी हुने छन् ।

पार्टीका विभिन्न जनवर्गीय संगठनले काठमाडौँका ५४ स्थानबाट विभिन्न जाति तथा समुदायका भेषभूषा तथा सांस्कृतिक बाजागाजा र झाँकीसहित पदयात्रा गरी समारोहस्थल भृकुटीमण्डप पुग्ने बताइएको छ ।

महाधिवेशनको उद्घाटनसत्रमा विभिन्न राजनीतिक दलका प्रमुखसँगै कुटनीतिक नियोगका पदाधिकारीहरुको सहभागिता रहने राप्रपाले जनाएको छ ।

महाधिवेशनबाट अध्यक्षको नेतृत्वमा एक सय ६१ केन्दीय सदस्य तथा २४ सदस्यीय कार्यसमिति गठन हुनेछ ।
शनिबारदेखि बन्दसत्र सुरु हुने राप्रपाले जनाएको छ ।

तत्कालीन राप्रपा र राप्रपा नेपालबीच गत मंसिर ६ गते एकता भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१२ वर्षपछि सिक्लेसमा नोस्टाल्जिक बनेका प्रचण्डले भने – ‘केही तलमाथि भएको भए उहाँ मारिन सक्नुहुन्थ्यो’
एकै दिन एक सय ८३ मतदाता थपिए
एकै दिन एक सय ८३ मतदाता थपिए
बाढि ग्रस्त जिल्लाहरुमा पशु चौपायालाइ उद्दार सहित उपचार गर्दै स्नेह केयर
बाढि ग्रस्त जिल्लाहरुमा पशु चौपायालाइ उद्दार सहित उपचार गर्दै स्नेह केयर
प्रधानमन्त्री देउवा बैतडी आउँदै
प्रधानमन्त्री देउवा बैतडी आउँदै
पहिलो पटक नेपाल आएकी सहरिन, ‘बाँच्छु भन्ने सोचेकै थिइनँ’
पहिलो पटक नेपाल आएकी सहरिन, ‘बाँच्छु भन्ने सोचेकै थिइनँ’
व्यवस्थित हुँदै मन्त्रिपरिषद् निर्णय, हरेक बिहिबार लिखित सार्वजनिक
व्यवस्थित हुँदै मन्त्रिपरिषद् निर्णय, हरेक बिहिबार लिखित सार्वजनिक
भारतीय सेनाध्यक्षद्वारा जङ्गी अड्डामा सम्मान गारत निरीक्षण
भारतीय सेनाध्यक्षद्वारा जङ्गी अड्डामा सम्मान गारत निरीक्षण
श्रीमानको हत्या गरेर खाल्डोमा गाड्ने श्रीमती
श्रीमानको हत्या गरेर खाल्डोमा गाड्ने श्रीमती
राप्रपाको केन्द्रीय परिषद् बैठक वीरगन्जमा
राप्रपाको केन्द्रीय परिषद् बैठक वीरगन्जमा
रविमा शारीरिक समस्या शुरु भएको छ : वरिष्ठ पत्रकार त्रिपाठी
रविमा शारीरिक समस्या शुरु भएको छ : वरिष्ठ पत्रकार त्रिपाठी