नेपाल भ्रमणमा ओली र मोदीको ट्विट संवाद यस्तो छ…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
नेपाल भ्रमणमा ओली र मोदीको ट्विट संवाद यस्तो छ…

सारांश

  • काठमाडौं, २८ वैशाख- प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन लागेको पूर्व सन्ध्यामा तीनवटा ट्विट गर्न भ्याएका छन् ।
  • त्यसैगरी प्रधानमन्त्री ओलीले पनि ट्विटबाटै जवाफ दिइसकेका छन् ।
  • दुवैले आ-आफ्नो ट्विटर ह्यान्डलमा नेपाल भ्रमणको विषयमा लेखेका हुन् ।

काठमाडौं, २८ वैशाख- प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन लागेको पूर्व सन्ध्यामा तीनवटा ट्विट गर्न भ्याएका छन् । त्यसैगरी प्रधानमन्त्री ओलीले पनि ट्विटबाटै जवाफ दिइसकेका छन् । दुवैले आ-आफ्नो ट्विटर ह्यान्डलमा नेपाल भ्रमणको विषयमा लेखेका हुन् ।

प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई ट्विट मार्फत यस्तो जवाफ दिएका छन्, “नेपाल भ्रमणमा आउन लाग्नुभएका भारतीय प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीजीको स्वागतमा म प्रतीक्षारत छु । यस भ्रमणबाट दुई देशबीचको आपसी सद्भाव, सहयोग र समझदारी अझ प्रगाढ हुने विश्वाससहित उहाँको ‘सबका साथ–सबका विकास’को भिजन नेपालको विकास यात्रामा सहयोगी हुने अपेक्षा गरेको छु ।”

ट्विटमा मोदीले यस्तो लेखेका छन्, “प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा म वैशाख २८ र २९ गते नेपाल भ्रमण गर्दैछु । यो भ्रमणले भारतको नेपालसँग मित्रवत सम्बन्धलाई दिँदै आएको उच्चतम प्राथमिकता प्रतिविम्बित गर्दछ । द्विपक्षीय साझेदारी थप मजबुत बनाउने दिशामा प्रधानमन्त्री ओलीसँग म विस्तृत छलफल गर्नेछु ।”

मोदीको दोस्रो ट्विट यस्तो छ, “भ्रमणमा म काठमाडौंबाहेक जनकपुर र मुक्तिनाथ जानेछु । यी तीर्थयात्रा र पर्यटनका दुई गतिशील केन्द्र हुन् । दुई देशलाई बलियो सांस्कृतिक सम्बन्धमा बाँध्ने प्रतीक पनि हुन् ।”

तेस्रो ट्विट गर्दै मोदीले लेखेका छन्, “लोकतन्त्रलाई थप बलियो बनाउँदै र आर्थिक वृद्धिदर हासिल गर्दै नेपाल नयाँ युगमा प्रवेश गरिरहेका वेला नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को दृष्टिकोण कार्यान्वयन गर्ने दृढ साझेदारका रूपमा भारत रहनेछ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?