चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ !
सारांश
- काठमाडौं—४६ हजार अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेकी छिन्।
- त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको हेन्डब्यागेज चेकिङ एरियामा जाँच गर्ने ४१ वर्षीया चिनियाँ नागरिक यानकुन दुवानलाई लुकाई छिपाई राखेको अमेरिकी डलर ४६ हजार ४ सय ८० र चाइनिज यान १ हजार ६ सयसहित बिहीबार पक्राउ परेका हुन्।
- राहदानी नम्बर जी ३८७७६०८५ बाहक उनी ड्रक एयरद्वारा नेपालबाट भुटान जाँदै थिइन्।
काठमाडौं—४६ हजार अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेकी छिन्। त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको हेन्डब्यागेज चेकिङ एरियामा जाँच गर्ने ४१ वर्षीया चिनियाँ नागरिक यानकुन दुवानलाई लुकाई छिपाई राखेको अमेरिकी डलर ४६ हजार ४ सय ८० र चाइनिज यान १ हजार ६ सयसहित बिहीबार पक्राउ परेका हुन्।
राहदानी नम्बर जी ३८७७६०८५ बाहक उनी ड्रक एयरद्वारा नेपालबाट भुटान जाँदै थिइन्। विमानस्थल प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
पछिल्लो समय चिनियाँ नागरिक नेपाल आउने र अमेरिकी डलर लैजाने क्रम बढेको भन्ने चर्चा चलिरहेका बेला यानकुन पक्राउ परेकी हुन्। यसअघि प्रहरीले रसुवागढी नाकाबाट अर्की चिनियाँ महिलालाई ५० हजार अमेरिकी डलरसहित पक्राउ गरेको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया