आज बालाचतुर्दशी, पितृको स्मरणमा सतबीज छरिदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ९, २०७६
|
|
१८ पटक हेरिएको
Shares
आज बालाचतुर्दशी, पितृको स्मरणमा सतबीज छरिदै

सारांश

  • पितृको मोक्ष र उद्धारका लागि सोमबार बिहान देशभरका शिवालय वरिपरि सतबीज छरिँदै छ ।
  • मंसिर कृष्ण चर्तुदशीका दिन आफ्नो परिवारभित्रका सदस्यको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित सतविज शिवालय वरिपरि छर्ने चलन छ ।
  • यसो गर्नाले पितृलाई अन्नको कमी नहुने र उनीहरूले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

पितृको मोक्ष र उद्धारका लागि सोमबार बिहान देशभरका शिवालय वरिपरि सतबीज छरिँदै छ । मंसिर कृष्ण चर्तुदशीका दिन आफ्नो परिवारभित्रका सदस्यको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित सतविज शिवालय वरिपरि छर्ने चलन छ ।

यसो गर्नाले पितृलाई अन्नको कमी नहुने र उनीहरूले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ । यसका साथै सतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । सतबीजको एक गेडा अन्न छर्नाले सुन दान गरे बराबरको फलसमेत प्राप्त हुने बुढापाका बताउँछन् ।

मंसिर कृष्ण त्रयोदशीका दिन साँझबाट भोलिपल्ट सतबीज छर्ने बेलासम्म आफ्ना पीतृहरूको नाममा बत्ती बाल्ने गरिन्छ । यसैक्रममा दिवङ्गत पीतृहरुको नाममा दीपदान गर्न लाखौं भक्तजन आइतबार दिउँसोदेखि नै पशुपति क्षेत्रमा जम्मा भएका थिए । आइतबार साँझ दीपदान गरी सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइदैछ ।

अघिल्लो दिन दियो, कलश गणेश थापी भर्खरै मृत्यु भएका आफन्तजनको नाम र गोत्र उच्चारण गरी संकल्प गरेर बत्ती बाल्ने गरिन्छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लागेको थियो ।

चर्तुदशीका दिन बिहान स्नान गरी बत्ती खोलामा विसर्जन गरी सतबीज छरेर पूर्णपात्रो गर्ने चलन छ । राजधानीको पशुपतिनाथको मन्दिर क्षेत्रमा रहेका ११८ शिवलिङ, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति मृगस्थलीलगायतका ठाउँमा श्रद्धालु भक्तजनको अघिल्लो दिन साँझदेखि नै भिड लाग्ने गर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?