एउटै पेनाल्टी दुईपटक प्रहार गर्न पाएको फ्रान्स विश्वकपको अन्तिम १६ मा
सारांश
- एजेन्सी ।
- आयोजक फ्रान्स नाइजेरियालाई पराजित गर्दै समूह विजेताका रुपमा विश्वकप फुटबलको अन्तिम १६ पुगेको छ ।
- सोमबार राति भएको खेलमा फ्रान्सले नाइजेरियालाई १–० ले हराएको हो ।
एजेन्सी । आयोजक फ्रान्स नाइजेरियालाई पराजित गर्दै समूह विजेताका रुपमा विश्वकप फुटबलको अन्तिम १६ पुगेको छ । सोमबार राति भएको खेलमा फ्रान्सले नाइजेरियालाई १–० ले हराएको हो । फ्रन्सले एउटै पेनाल्टी दुई पटक प्रहार गर्दै नाइजेरियालाई हराएको हो । पहिलो हाफमा गोलरहित रहेको खेलको नाइजेरिया ७५ औँ मिनेटमा इवेरी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भयो । त्यसको केही मिनेटपछि फ्रान्सले पेनाल्टी पायो ।
फ्रान्सकी वेन्डी रेनार्डले पेनाल्टी प्रहार गरिन्, उक्त पेनाल्डी गोलमा परिणत हुन सकेन । तर नाइजेरियाकी गोलरक्षक चिएमाका नाडोजिएले चाँडै नै लाइन क्रस गरेकाले रेनार्डले फेरि पेनाल्टी प्रहार गर्न पाइन् । पुनः प्रहार गरेको पेनाल्टीमा रेनार्डले गोल गरिन् र फ्रान्स १–० ले विजयी भयो
समूह ए बाट फ्रान्स विजेता र दक्षिण कोरियालाई २–१ ले पराजित गरेको नर्वे उपविजेता बन्दै अन्तिम १६ मा पुगेका छन् । पराजित भएको नाइजेरियाको पनि अन्तिम १६ मा पुग्ने सम्भावना कायम छ, उत्कृष्ट तेस्रो स्थानमा रहने टिमका रुपमा ।
यस्तै समूह बी अन्तर्गत सोमबार राति नै भएको खेलमा दक्षिण अफ्रिकालाई ४–० ले पराजित गरेको जर्मनी समूह विजेता बनेको छ । यस्तै चीनसँग गोल रहित बराबरी खेलेको स्पेन समूह उपविजेता बनेको छ । चीनसँग समान चार अंक नै भए पनि स्पेन गोल अन्तरका आधारमा समूह उपविजेता बनेको हो । तेस्रो स्थानमा रहने उत्कृष्ट टिमका रुपमा चीनले पनि अघिल्लो चरणमा स्थान बनाएको छ ।
यो पनि पढ्नुस
राप्रपा केन्द्रीय समितिको विस्तारित बैठक शुक्रबारदेखि काठमाडौंमा बस्ने
काठमाडौं। राप्रपा केन्द्रीय समितिको विस्तारित बैठक असार ६ र ७ गते काठमाडौंमा बस्ने भएको छ। बैठकमा सरकार समक्ष प्रस्तुत २२ बुँदे माग, सरकारसँग भएको पहिलो चरणको वार्ता, पार्टीले सञ्चालन गरेको जनसंघर्षका कार्यक्रम, दुई चरणको राष्ट्रिय स्वाभिमान यात्रा एवं समसामयिक राजनीतिक परिस्थितिको समिक्षा गर्दै भावी रणनीति तय गर्ने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
बैठकमा अध्यक्ष कमल थापाबाट समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र भावी कार्य्दिशाका विषयमा राजनीतिक प्रतिवेदन, महामन्त्री राजेन्द्र लिङ्देनबाट संगठन सुदृढीकरण सम्बन्धि प्रतिवेदन, महामन्त्री भाष्कर भद्राबाट सचिवालय सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष उद्धव पौडेलबाट आर्थिक प्रतिवेदन पेश हुने बताइएको छ।
विस्तारित बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, प्रदेश कार्य समितिका अध्यक्षहरु, केन्द्रीय विभाग र भातृ संगठनका प्रमुखहरु र ७७ वटै जिल्लाका अध्यक्षहरुको सहभागीता हुने राप्रपाले जनाएको छ। बैठकमा प्रदेश अध्यक्ष, भातृ संगठनका प्रमुख र जिल्ला अध्यक्षहरुबाट सांगठनिक र भावी कार्य योजना सम्बन्धि प्रतिवेदन पनि पेश प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया