बिहिबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०७५
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, २ साउन ।
  • नेपाल चिकित्सक संघले भोलि बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।
  •   अनसनरत डा गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको संघको ठहर छ ।

काठमाडाै, २ साउन । नेपाल चिकित्सक संघले भोलि बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।  अनसनरत डा गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको संघको ठहर छ । सरकारी वार्ता टोलीलाई पूर्ण अधिकार नदिई डा केसीलाई जबरजस्ती जुम्लाबाट काठमाडौं ल्याउने परिस्थितिमात्र सृजना गर्न वार्तामा बसेको हो कि भन्ने आशंका पैदा भएको संघले जनाएको छ ।

संघले भनेको छ, सरकारले नै बनाएको विज्ञ टोलीले दिएको सुझावअनुसार चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई कार्यान्वयन गर्ने वातावरण तयार गर भन्दा समेत डा केसीले जीवन त्याग्नु पर्ने परिस्थिति सिर्जना भयो भने त्यो भन्दा दुर्भाग्य केही हुन सक्दैन ।’ चिकित्सक संघले भोलि देशभरका स्वास्थ्यसंस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न र दिउँसो १ बजे माइतेघर मण्डलामा भेला हुने निर्णय गरेको छ ।

‘एक दिने बन्दमार्फत देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवाज सरकारसम्म पुर्‍याउन र सरकारलाई संवेदनशील हुन सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौं ।’

सरकार अझै संवेदनशील नभए देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने चेतावनी पनि चिकित्सक संघले दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नुवाकोट २ मा एमालेका नारायणप्रसाद खतिवडा विजयी, अर्जुननरसिंह केसी पराजित
नुवाकोट २ मा एमालेका नारायणप्रसाद खतिवडा विजयी, अर्जुननरसिंह केसी पराजित
फोरमले सभामुखलाई भन्यो,’सांसद रौनियारको निलम्बन फुकुवा गर्नुहोस’
फोरमले सभामुखलाई भन्यो,’सांसद रौनियारको निलम्बन फुकुवा गर्नुहोस’
वाग्मतीको धार परिवर्तन र एकोहोरो कटानले टौदह संकटमा, स्थानीय बस्ती गम्भीर जोखिममा
वाग्मतीको धार परिवर्तन र एकोहोरो कटानले टौदह संकटमा, स्थानीय बस्ती गम्भीर जोखिममा
राष्ट्रपतिद्वारा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत सुरु (लाइभ भिडियो)
राष्ट्रपतिद्वारा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत सुरु (लाइभ भिडियो)
कोरोनाबाट आज १ जनाको मृत्यु, कुल मृतकको सख्या २०५५ पुग्यो
कोरोनाबाट आज १ जनाको मृत्यु, कुल मृतकको सख्या २०५५ पुग्यो
दुबईमा सुन तस्करसँग आइजिपीको हिमचिम
दुबईमा सुन तस्करसँग आइजिपीको हिमचिम
सारा अली खान र जाह्नवी कपुरको कडा प्रतिस्पर्धा
सारा अली खान र जाह्नवी कपुरको कडा प्रतिस्पर्धा
नयाँ वर्षले बिथोलिएको राजनीतिलाई अगाडि बढाउने : अध्यक्ष ओली
नयाँ वर्षले बिथोलिएको राजनीतिलाई अगाडि बढाउने : अध्यक्ष ओली
प्रहरीकै अगाडी एक जोडीले गरे आत्महत्या
प्रहरीकै अगाडी एक जोडीले गरे आत्महत्या
कांग्रेस जिल्ला सभापतिहरूको भेला:  कांग्रेस अब कांग्रेस रहेन
कांग्रेस जिल्ला सभापतिहरूको भेला: कांग्रेस अब कांग्रेस रहेन