डा. रुइतलाई १० लाख डलरको इसा अवार्ड

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ४, २०७९
|
|
२१ पटक हेरिएको
Shares
डा. रुइतलाई १० लाख डलरको इसा अवार्ड

सारांश

  • बहराइन ।
  • नेत्र चिकित्सक सन्दुक रूइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएको छ ।
  • बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ ।

बहराइन । नेत्र चिकित्सक सन्दुक रूइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएको छ । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ ।

यो अवार्डअन्तर्गत डा. रुइतलाई १० लाख डलर (झन्डै १३ करोड ८ लाख नेपाली रुपैयाँ), गोल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।याे पुरस्कार रुइतलाई आगामी फेब्रुअरी महिनामा प्रदान गरिनेछ ।

बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सन् २००९ मा स्थापना भएर सन् २०१३ देखि यो अवार्ड प्रदान गर्दै आएको छ । अवार्डको पाँचौं संस्करण–सन् २०२३ मा डा. रुइतलाई उक्त पुरस्कार घोषणा गरिएको हो ।

मंगलबार बहराइनको राजधानी मनमामा आयोजित पुरस्कार घोषणा समारोहमा राजाका प्रतिनिधिको रूपमा उपस्थित राजपरिवारका सदस्य शेख मो. बिन मुबारक अल खालिफाले डा. रुइतले अन्धोपन निवारणका लागि गरेको मानव कल्याणका लागि उनलाई इसा अवार्डका लागि छनोट गरिएको जानकारी दिए ।

डा. रुइतले मोतियाबिन्दु भएका बिरामीको उपचार गर्ने सरल विधि विकास गरेका थिए । साथै इन्ट्राअकुलर लेन्सको विकास गरी सुलभ दरमा उपलब्ध गराएका थिए । त्यसबाट नेपाललगायत विकासोन्मुख देशका अन्धोपन भएका लाखौं व्यक्तिले नेत्रज्योति प्राप्त गरेका छन् । डा. रुइतले पहल नगरेको भए ती मानिसहरूले सम्भवत संसार देख्न पाउने थिएनन् ।

इसा अवार्ड घोषणापछि डा‍. रुइतले आफूले अहिलेसम्म पाएका पुरस्कारमध्ये याे सबैभन्दा ठूलो पुरस्कार भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कंगनामाथि पोस्टर चोरीको आरोप
कंगनामाथि पोस्टर चोरीको आरोप
हुम्ला दुर्घटना (अपडेट): स्वास्थ्य परीक्षणपछि सबै डिस्चार्ज
हुम्ला दुर्घटना (अपडेट): स्वास्थ्य परीक्षणपछि सबै डिस्चार्ज
जंगबहादुर राणाको राशलिलाः बेलायतमा एक बेश्याका लागि एक रातको खर्च ३ करोडभन्दा बढि
जंगबहादुर राणाको राशलिलाः बेलायतमा एक बेश्याका लागि एक रातको खर्च ३ करोडभन्दा बढि
जेठ १५ गतेको राशीफल यस्तो छ, आज कुनै राशीलाई मुद्दामामिला लाग्नेदेखि विदेश भ्रमणसम्मको योग
नेपालमै बन्यो कोरोनाको औषधी !
नेपालमै बन्यो कोरोनाको औषधी !
साइबर क्राइममा पक्राउ परेका पूर्वसचिव उपाध्यायलाई ३ दिन थुनामा राख्न अनुमति
साइबर क्राइममा पक्राउ परेका पूर्वसचिव उपाध्यायलाई ३ दिन थुनामा राख्न अनुमति
कंसाकारविरुद्ध खनिए संसद ‘निगम डुबाएर आफूलाई राम्रो भन्न लाज लाग्दैन ?’
कंसाकारविरुद्ध खनिए संसद ‘निगम डुबाएर आफूलाई राम्रो भन्न लाज लाग्दैन ?’
आरोपीका आमा–बुवा भन्छन्–मेरो छोरालाई फासी होस्
आरोपीका आमा–बुवा भन्छन्–मेरो छोरालाई फासी होस्
रुपन्देही जिल्ला प्रशासन कार्यालयमा “टाईम कार्ड” लागू
रुपन्देही जिल्ला प्रशासन कार्यालयमा “टाईम कार्ड” लागू
कर्मचारीको तलब बढ्छ:  रिमाल
कर्मचारीको तलब बढ्छ: रिमाल

तपाईंले छुटाउनुभयो कि?