दुबईमा मृत्युदण्ड पाएका खड्ग काठमाडौँमा, कसरी आए जीवितै ?
सारांश
- दुबईमा रहँदा आफुसँगै काम गर्ने एक फिलिपिनी नागरिकको हत्याको आरोप लागेपछि मृत्यु दण्ड पाएका तेरथुमका खड्गबहादुर जोगी पाँच वर्ष जेल सजाय पश्चात नेपाल फर्किएका छन् ।
- बुधबार काठमाडौँ आइपुगेका उनी अहिले काठमाडौँमा छन् ।
- आइतबार शिखर न्यूजको अनलाइन टिभीसँग कुरा गर्दै उनले आफुले जीवितै फर्किने आशा शतप्रतिशत नलिए पनि सत्यको जीतका कारण आफु सकुशल स्वदेश फर्कन सकेको दावी गरे ।
दुबईमा रहँदा आफुसँगै काम गर्ने एक फिलिपिनी नागरिकको हत्याको आरोप लागेपछि मृत्यु दण्ड पाएका तेरथुमका खड्गबहादुर जोगी पाँच वर्ष जेल सजाय पश्चात नेपाल फर्किएका छन् । बुधबार काठमाडौँ आइपुगेका उनी अहिले काठमाडौँमा छन् ।

आइतबार शिखर न्यूजको अनलाइन टिभीसँग कुरा गर्दै उनले आफुले जीवितै फर्किने आशा शतप्रतिशत नलिए पनि सत्यको जीतका कारण आफु सकुशल स्वदेश फर्कन सकेको दावी गरे ।
दुर्घटनामा परेको फिलिपिनीलाई मानवताको नाताले उपचारका लागि अस्पताल पुर्याउँदा आफु परिवन्दमा परी हत्याको आरोपी बन्नु परेको उनको भनाई छ । विभिन्न वयानका क्रममा उनलाई त्यहाँको अदालतले दोषी ठहर गरेपछि मृत्युदण्ड सुनाएको थियो ।
अरबी कानुनमा मृतकका आफन्तले ब्लड मनी स्वीकारेको खण्डमा मृत्युदण्ड माफी पाउने प्रावधान छ । अरबी कानुनमा भएको सोही प्रावधानका कारण मृतकको परिवारले माग गरेको ब्लड मनी बुझाए पनि जीवितै स्वदेश फर्किएका हुन् ।

उनलाई जिवितै फर्काउन ब्लड मनी संकलनका लागि नेपालमा अभियान नै चलाइएको थियो । उनको गृह जिल्ला तेह्रथुमबासीले उनलाई स्वदेश फर्काउन ब्लड मनी संकलन अभियान चलाएका थिए । सोही अभियानका कारण आवश्यक ब्लड करिब ८० लाख रुपैयाँ मनी संकलन भए पछि परराष्ट्र मन्त्रालयमार्फत दुबईमा ब्लड मनी पठाए पछि उनी नेपाल फर्किन पाएका हुन् ।
नेपाल फर्किए पछि मात्रै आफुले दोस्रो जीवन पाएको महशुष गरेको उनी बताउँछन् । अहिले काठमाडौँमा अस्पतालमा शारीरिक जाँच गराइ रहेका उनी केही दिनमै गृह जिल्ला जाँदैछन् ।
खड्ग जोगीसँग गरिएको विशेष कुराकानी केही बेरमै युट्युव च्यानल Shikhar Tv मा अपलोड गरिने छ । जोगीसँग गरिएको कुराकानी हेर्न गर्नु Shikhar Tv लाई Subscribe गर्नु होला ।
प्रतिक्रिया