आठ बर्ष जेलपछि सफाइ

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १९, २०७३
|
|
१४७ पटक हेरिएको
Shares

सारांश

  • कर्तव्य ज्यान मुद्दामा आठ बर्ष जेल जीवन बिताएपछि गोरखा केराबारी ३ का नारायण ढकालले सर्वोच्च अदालतबाट सफाई पाएका छन् ।
  • २०६६ मा १८ बर्षको उमेरमा जेल परेका उनलाई सोमबार सर्वोच्चले सफाइ दिएको हो ।
  • २०६७ फागुन ३० गते जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला भएपछि उनी पुनरावेदन पुगेका थिए ।

कर्तव्य ज्यान मुद्दामा आठ बर्ष जेल जीवन बिताएपछि गोरखा केराबारी ३ का नारायण ढकालले सर्वोच्च अदालतबाट सफाई पाएका छन् ।
२०६६ मा १८ बर्षको उमेरमा जेल परेका उनलाई सोमबार सर्वोच्चले सफाइ दिएको हो ।

२०६७ फागुन ३० गते जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला भएपछि उनी पुनरावेदन पुगेका थिए ।

त्यहाँबाट पनि सोही सदर भएपछि सर्वोच्च पुगेका ढकाललाई सर्वोच्चका न्यायाधीश गोपाल पराजुली र देवेन्द्रप्रसाद श्रेष्ठको इजलासले सफाइको फैसला गरेको खबर आजको नागरिकमा छ ।

केराबारी ५ का तेजबहादुर रेग्मीले आफ्नी छोरीको हत्या गरेको आरोपमा ढकालमाथि कर्तव्य ज्यान मुद्दा दायर गरेको थिए ।
सत्यको जित भएको र आफूले न्याय पाएको ढकालले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?