आतंक फैलाउन खोज्नेको जरा खाेज्दै गृह मन्त्रालय !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १३, २०७५
|
|
२२ पटक हेरिएको
Shares
आतंक फैलाउन खोज्नेको जरा खाेज्दै गृह मन्त्रालय !

सारांश

  • काठमाडाै,१३ वैशाख ।
  • गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देशमा शान्ति सुरक्षामा अवरोध पुऱ्याउने र आतंक फैलाउनेको जरै उखेल्ने अभिव्यक्ति दिएका छन् ।
  • गत शनिबारको सांघातिक आक्रमणमा घाइते भई मध्यपुरथिमिस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचार गराइरहेका सो नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै बादलले यस्तो बताएका हुन् ।

काठमाडाै,१३ वैशाख । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देशमा शान्ति सुरक्षामा अवरोध पुऱ्याउने र आतंक फैलाउनेको जरै उखेल्ने अभिव्यक्ति दिएका छन् ।

गत शनिबारको सांघातिक आक्रमणमा घाइते भई मध्यपुरथिमिस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचार गराइरहेका सो नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै बादलले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिले एउटा समूह देशमा शान्ति सुरक्षामा अवरोध पुऱ्याउने र आतंक फैलाउने कार्यमा सक्रिय हुन खोज्दैछ । हामी त्यसलाई जरैदेखि उखेल्छौँ ।’

नगर प्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेको पहिचान भइसकेको र केही नियन्त्रणमा पनि आइसकेको बताउँदै उनले आक्रमणकारी जो कोही भए पनि कारबाही गर्ने दृढता प्रकट गरे ।

भेटलगत्तै अस्पताल कार्यकक्षमा सुरक्षा निकायसँग घटनाका बारेमा उनले जानकारी लिएका थिए । उनले सिसी क्यामरामा कैद भएका आक्रमणका दृश्यसमेत हेरेका थिए। जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र प्रहरी उपरीक्षक किरण राणाले घटनाका बारेमा जानकारी दिँदै अनुसन्धानका बारेमा भएका प्रगतिबारे मन्त्री थापालाई अवगत गराए ।

अस्पतालका बारेमा समेत जिज्ञासा राखेका गृहमन्त्री बादललाई नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले नगरपालिकाद्वारा सञ्चालित अस्पतालको अवस्था र प्रगतिबारे समेत अवगत गराएका थिए ।

सोही अवसरमा अस्पतालमा सहभागी नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका स्थानीय नेताहरुले एमाले र माओवादी केन्द्रको पार्टी एकीकरणबारे जिज्ञासा राख्दा मन्त्री बादलले पार्टी एकीकरण कुनै हालतमा नरोकिने दाबी गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?