सत्तागठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २१, २०७९
|
|
४२ पटक हेरिएको
Shares
सत्तागठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान

सारांश

  • काठमाडाैं ।
  • सत्तागठबन्धनका दलहरुले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा आफ्ना आधिकारीक उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका छन् ।
  • गठबन्धन दलका शीर्ष नेताहरुले आज एक विज्ञप्तिमार्फत गठबन्धनमा रहेका दलका सम्बन्धित प्रदेश, जिल्ला र उप–निर्वाचन हुने प्रतिनिधिसभा क्षेत्रसँग आवश्यक समन्वय गरी आफ्ना उम्मेदवारलाई विजयी गराउनका लागि सम्पूर्ण पार्टी पङ्क्तिलाई व्यापकरुपमा परिचालन गर्न आह्वान गर्नुभएको हो ।

काठमाडाैं । सत्तागठबन्धनका दलहरुले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा आफ्ना आधिकारीक उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका छन् । गठबन्धन दलका शीर्ष नेताहरुले आज एक विज्ञप्तिमार्फत गठबन्धनमा रहेका दलका सम्बन्धित प्रदेश, जिल्ला र उप–निर्वाचन हुने प्रतिनिधिसभा क्षेत्रसँग आवश्यक समन्वय गरी आफ्ना उम्मेदवारलाई विजयी गराउनका लागि सम्पूर्ण पार्टी पङ्क्तिलाई व्यापकरुपमा परिचालन गर्न आह्वान गर्नुभएको हो ।

यसका लागि गठबन्धन दलका पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक सङ्घ, संस्था÷सङ्गठनका सदस्य तथा शुभचिन्तक सबैको सक्रिय योगदानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्नसमेत आग्रह गरिएको छ । गठबन्धन दलका तर्फबाट तनहुँ निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, चितवन निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका जीतनारायण श्रेष्ठ र बारा निर्वाचन क्षेत्र नं २ मा जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादवको उम्मेदवारी दर्ता भइसकेको छ ।

गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराई निर्वाचनलाई परिणाममुखी बनाउन गठबन्धन दलका पार्टी पङ्क्ति एकीकृतरुपमा परिचालित हुन आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा कोरोना संक्रमितको संख्या ३०, एकैदिन थपिए १४ जना
नेपालमा कोरोना संक्रमितको संख्या ३०, एकैदिन थपिए १४ जना
झलनाथ खनालसँग सँग विवेकशिलबाट २७ बर्षे युवा प्रतिस्पर्धा गर्न
झलनाथ खनालसँग सँग विवेकशिलबाट २७ बर्षे युवा प्रतिस्पर्धा गर्न
आन्दोलनरत विद्यार्थी र चितवन मेडिकल कलेजबीच सहमति
आन्दोलनरत विद्यार्थी र चितवन मेडिकल कलेजबीच सहमति
चितवन पुगेर प्रचण्डले किन भने ढिलोचाँडो प्रधानमन्त्री भएरै छाड्छु ?
चितवन पुगेर प्रचण्डले किन भने ढिलोचाँडो प्रधानमन्त्री भएरै छाड्छु ?
पुस २८ गते मंगलवारको राशिफल यस्तो छ
पुस २८ गते मंगलवारको राशिफल यस्तो छ
नेपालमा युरोपियन क्लब एसी मिलानको जुनियर फुटबल क्याम्प हुने
नेपालमा युरोपियन क्लब एसी मिलानको जुनियर फुटबल क्याम्प हुने
प्रतितोला २०० रुपैयाँले बढ्यो सुनको मूल्य
प्रतितोला २०० रुपैयाँले बढ्यो सुनको मूल्य
भैरहवामा धमाधम अन्तर्राष्ट्रिय उडानः तराईमा पर्यटन विकासको सम्भावना
भैरहवामा धमाधम अन्तर्राष्ट्रिय उडानः तराईमा पर्यटन विकासको सम्भावना
आधुनिक युवाको प्रेम र धोकाको चित्रण: माघ २३ मा आउँदै ‘रमिताको पिरती’
आधुनिक युवाको प्रेम र धोकाको चित्रण: माघ २३ मा आउँदै ‘रमिताको पिरती’
आत्मदाहा गरेका प्रेम आचार्यकी श्रीमतीद्वारा बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति
आत्मदाहा गरेका प्रेम आचार्यकी श्रीमतीद्वारा बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति

तपाईंले छुटाउनुभयो कि?