अमेरिकी उपराष्ट्रपति जेरुसेलम पुग्नासाथ दिएको विवादास्पद बयान चर्चामा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ९, २०७४
|
|
१९ पटक हेरिएको
Shares
अमेरिकी उपराष्ट्रपति जेरुसेलम पुग्नासाथ दिएको विवादास्पद बयान चर्चामा

सारांश

  • अमेरिकी उपराष्ट्रपति माइक पेन्स पूर्वीय क्षेत्र भ्रमणका क्रममा आज जेरुसेलम पुगेको रोयटर्सले बताएको छ ।
  • तर जेरुसेलम पुगलगत्तै पेन्सले ‘इजरायलको राजधानी आएकोमा धेरै हर्षित भएको’ भन्ने बयान दिएपछि पुनः विवाद उत्पन्न भएको छ ।
  • ट्रम्पसँगको विवादका कारण पहिले देखि नै रुष्ट भइरहेका प्यालेस्टाइन वासीहरु उनको सो बयानपछि झन आक्रोशित बनेको अन्तराष्ट्रिय संचार माध्यमले बताएका छन् ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्स पूर्वीय क्षेत्र भ्रमणका क्रममा आज जेरुसेलम पुगेको रोयटर्सले बताएको छ । तर जेरुसेलम पुगलगत्तै पेन्सले ‘इजरायलको राजधानी आएकोमा धेरै हर्षित भएको’ भन्ने बयान दिएपछि पुनः विवाद उत्पन्न भएको छ । ट्रम्पसँगको विवादका कारण पहिले देखि नै रुष्ट भइरहेका प्यालेस्टाइन वासीहरु उनको सो बयानपछि झन आक्रोशित बनेको अन्तराष्ट्रिय संचार माध्यमले बताएका छन् ।

गत महिना मात्र राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार वार्ताको प्रस्ताव गर्दा पनि प्यालेस्टाइनले अस्वीकार गरिरहेपछि अमेरिकाले प्यालेस्टाइनलाई प्रदान गर्दै आएको आर्थिक सहयोगमा कटौति गर्ने निर्णय सुनाएका थिए । यसैकारण अमेरिका र प्यालेस्टाइनबीच विवाद चर्किरहेकाले उपराष्ट्रपति पेन्स जेरुसेलमसम्म पुगेपनि प्यालेस्टाइनमा भने प्रवेश नगर्ने बताएका छन् ।

भ्रमणका क्रममा शनिबार इजिप्ट पुगेका पेन्सले प्यालेस्टाइन सहमत भएमा दु्ई देशबीचको सबै समस्या सजिलै समाधान गर्न सकिने बताएका थिए । त्यस्तै पेन्सको भनाइसँग सहमत इजरायलका प्रधानमन्त्री नेतानयाहुले पनि उनको बयानमा सहमति जनाउदै अत्याधिक खुसी व्यक्त गरेका हुन् ।

विश्वभर ट्रम्पको फैसलाको कडा आलोचना भएको भएपनि उनको निर्णयले दुई देशबीच निश्चित रुपमा शान्ति स्थापना गराउन सक्ने रहेको पेन्सले बताए । उनले भने, ‘अहिलेको वार्ता र छलफलपछि लामो समयदेखिको विवाद अन्त्य भइ दुवै क्षेत्रमा शान्ति कायम हुन्छ भन्नेमा म आशावादी छु । ’ उता प्यालेस्टाइन सरकारले भने धेरै अघि नै पेन्ससँग कुनै भेटवार्ता नगर्ने घोषणा गरिसकेकाले उनी प्यालेस्टाइन नपुगी फर्किने बताइएको छ ।

(www.curlygirldesign.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तिम खेलमा कीर्तिमानी ब्याटिङ गर्दै जिम्बावेका कप्तानले क्रिकेटबाट लिए बिदा
अन्तिम खेलमा कीर्तिमानी ब्याटिङ गर्दै जिम्बावेका कप्तानले क्रिकेटबाट लिए बिदा
भोका कुकुरले टोकाएर पति मारिएको सात वर्षपछि देखिइन् किम इल सुङकी छोरी
भोका कुकुरले टोकाएर पति मारिएको सात वर्षपछि देखिइन् किम इल सुङकी छोरी
नवरात्रको दोस्रो दिन : ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै
नवरात्रको दोस्रो दिन : ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै
उत्तर कोरियाले बनायो ब्यालेस्टिक मिसाइलमा राखेर अमेरिकासम्म मार हान्नसक्ने आणविक बम
उत्तर कोरियाले बनायो ब्यालेस्टिक मिसाइलमा राखेर अमेरिकासम्म मार हान्नसक्ने आणविक बम
झापामा जङ्गली च्याउ खाएर परिवारै अस्पताल भर्ना
झापामा जङ्गली च्याउ खाएर परिवारै अस्पताल भर्ना
टी-२० विश्वकपमा आज भारत र पाकिस्तानबीच भिडन्त हुँदै
टी-२० विश्वकपमा आज भारत र पाकिस्तानबीच भिडन्त हुँदै
रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटकको ओइरो
रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटकको ओइरो
विश्वकप छनोटको उपाधि नेदरल्याण्डको पोल्टामा
विश्वकप छनोटको उपाधि नेदरल्याण्डको पोल्टामा
किन यति छिट्टै नेपाल आउँदैछन् भारतीय प्रधानमन्त्री मोदी !
किन यति छिट्टै नेपाल आउँदैछन् भारतीय प्रधानमन्त्री मोदी !
नाबालिका बलात्कारको अभियोगमा ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला
नाबालिका बलात्कारको अभियोगमा ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला

तपाईंले छुटाउनुभयो कि?