आत्मदाह घटनाबारे न्यायिक आयोग गठन गर्न माग

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १८, २०७९
|
|
३४ पटक हेरिएको
Shares
आत्मदाह घटनाबारे न्यायिक आयोग गठन गर्न माग

सारांश

  • काठमाडौँ ।
  • प्रतिनिधिसभा बैठकमा केही दिनअघि नयाँ बानेश्वरमा प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको घटनाको सम्बन्धमा छानबिन गर्नुपर्ने माग उठेको छ ।
  • प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वालाले आचार्यको आत्मदाहको घटनाका बारेमा छानबिन गर्न न्यायिक आयोग गठनको माग गरे ।

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा केही दिनअघि नयाँ बानेश्वरमा प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको घटनाको सम्बन्धमा छानबिन गर्नुपर्ने माग उठेको छ ।

प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वालाले आचार्यको आत्मदाहको घटनाका बारेमा छानबिन गर्न न्यायिक आयोग गठनको माग गरे ।

यसैगरी, जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादवले आचार्यको आत्मदाहको विषयमा संसद्मा केही विशेष प्रस्ताव आउनुपर्नेमा आउन नसक्नु दुःखद् भएको भनाइ राखे । बैठकमा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठले निर्दोष थारु बन्दीका लागि आफ्ना पार्टीले निरन्तर आवाज उठाए पनि रिहाइ हुन नसकेको दुःखेसो गरे ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले वीर अस्पतालमा आइसियु शय्या नभएर जनताले निजी अस्पतालमा चर्को मूल्य तिर्न बाध्य भएको हुँदा उक्त अस्पतालमा आइसियुको शय्या थप गर्न आग्रह गरे । स्वतन्त्र सांसद प्रभु साहले कालोबजारी नियन्त्रण गर्ने, नापतौल हेर्ने र गुणस्तर कायम गर्ने निकाय भए पनि त्यसको काम प्रभावकारी हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू ११ बज्ने बित्तिकै हिडिहाल्छन्, तर कता?
६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू ११ बज्ने बित्तिकै हिडिहाल्छन्, तर कता?
अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग छ दिनदेखि बन्द
अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग छ दिनदेखि बन्द
अमेरिकाले पाँच वर्षभित्र अफगानिस्तानबाट सेना फिर्ता गर्ने
अमेरिकाले पाँच वर्षभित्र अफगानिस्तानबाट सेना फिर्ता गर्ने
हावाहुरी पीडित भन्छन् : राहतभन्दा आहत बढी
हावाहुरी पीडित भन्छन् : राहतभन्दा आहत बढी
डेंगुको सिकार भइन हिरोइन निरुता सिंह, मुम्बईमा उपचार हुँदै
डेंगुको सिकार भइन हिरोइन निरुता सिंह, मुम्बईमा उपचार हुँदै
साइबर स्क्याम नियन्त्रण गर्न ‘एन्टी साइबर स्क्याम सेल’ गठनको तयारी
साइबर स्क्याम नियन्त्रण गर्न ‘एन्टी साइबर स्क्याम सेल’ गठनको तयारी
गृहमन्त्री थापाले भने, ‘बोक्सीको आरोपमा कुट्नेलाई कडा कार्वाही गर्छु’- संसदमा पनि कुरा उठ्यो
गृहमन्त्री थापाले भने, ‘बोक्सीको आरोपमा कुट्नेलाई कडा कार्वाही गर्छु’- संसदमा पनि कुरा उठ्यो
चार जिपिए ल्याउनेलाई गाउँपालिकाको ५० हजार नगद
चार जिपिए ल्याउनेलाई गाउँपालिकाको ५० हजार नगद
कानुन निर्माणमा प्रतिनिधिसभा र राष्ट्रियसभाबीच जिम्मेवारी बाँडफाँट हुनुपर्ने
कानुन निर्माणमा प्रतिनिधिसभा र राष्ट्रियसभाबीच जिम्मेवारी बाँडफाँट हुनुपर्ने
What Is Casual Internet dating?