अमेरिकाले पाँच वर्षभित्र अफगानिस्तानबाट सेना फिर्ता गर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
अमेरिकाले पाँच वर्षभित्र अफगानिस्तानबाट सेना फिर्ता गर्ने

सारांश

  • वासिङ्टन, १७ फागुन ।
  • संयुक्तराज्य अमेरिकाले आगामी तीनदेखि पाँच वर्षभित्रमा अफगानिस्तानमा तैनाथ आफ्ना सेना फिर्ता गर्ने एक अमेरिकी सञ्चार माध्यमले जनाएको छ ।
  • हाल करिब १४ हजारको सङ्ख्यामा रहेका अमेरिकी सेना आगामी महिनादेखि आधा घटाउने प्रक्रिया शुरु गरिने पनि अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले बताएको छ ।

वासिङ्टन, १७ फागुन । संयुक्तराज्य अमेरिकाले आगामी तीनदेखि पाँच वर्षभित्रमा अफगानिस्तानमा तैनाथ आफ्ना सेना फिर्ता गर्ने एक अमेरिकी सञ्चार माध्यमले जनाएको छ ।

हाल करिब १४ हजारको सङ्ख्यामा रहेका अमेरिकी सेना आगामी महिनादेखि आधा घटाउने प्रक्रिया शुरु गरिने पनि अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले बताएको छ । उक्त पत्रिकाका अनुसार हाल अफगानिस्तानमा तैनाथ आठ हजार ६०० जना युरोपेली र अन्य अन्तर्राष्ट्रिय सेनाले तालिम लगायतमा अफगान सुरक्षाफौजलाई मद्दत गर्नेछन् ।

ती सैनिक फिर्ता गर्ने विषयमा नेटो संगठनमा पनि छलफल भएको बताइएको छ । हाल अमेरिकामा रहेका नेटोआबद्ध सैनिकले अफगानिस्तानको सेनालाई आवश्यक सल्लाह र सुझावका साथै तालिम दिने गरेका छन् । यी सैनिकले तालिबानका विरुद्ध सीमित हवाई आक्रमण बाहेक देशमा विभिन्न स्थानमा पुगेर सुरक्षा कारबाही गर्न छाडेका छन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता कोन फल्कनरले अफगानिस्तानमा युद्धरत विद्रोही तालिबानसँग जारी वार्तामा कुनै सहमति भइनसकेको पनि बताउनुभयो ।

उहाँले अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने विषयमा अमेरिका तयार रहेको र के कति मात्रामा अमेरिकी सैनिक फिर्ता गर्ने र के कस्ता शर्तमा फिर्ता गर्ने भन्ने बारेमा छलफलका लागि अमेरिका सधैँ खुला रहेको बताउनुभयो ।

उता अफगानिस्तानका तालिबानी समूहसँग सोमबारदेखि नै कतारमा पाँचौं चरणको वार्ता शुरु भइसकेको छ । वार्तामा अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजाद र तालिबानी प्रतिनिधिमण्डल सहभागी रहेका छन् । उक्त वार्ता बिहीबार स्थगन भएको र आन्तरिक विचारविमर्श पश्चात् शनिबारदेखि पुनः वार्ता हुनेछ ।

यसअघिका वार्ताहरु उपलब्धिमूलक भएका र पछिल्लो वार्ता पनि सकारात्मक हुने अपेक्षा गरिएको विशेषदूत खलिलजादले बताउनुभयो ।

अमेरिकी सेनाले तालिबान समूहलाई वार्ताका लागि दबाब सिर्जना गर्न पछिल्लो समय तालिबान लक्षित हवाई आक्रमणलाई तिब्रता दिएको छ । यी आक्रमणहरु सन् २०१४ यता सबैभन्दा बढी भइरहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानमा सन् २००१ यता हालसम्म दुई हजार ४०० जना अमेरिकी सेना मारिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अखिल नेपाल शिक्षक संघ दाङको पाँचौ जिल्ला परिषद
अखिल नेपाल शिक्षक संघ दाङको पाँचौ जिल्ला परिषद
सबल कांग्रेसका लागि समयमा १४ औं महाधिवेशन र तत्काल भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन आवश्यक : वरिष्ठ नेता पौडेल
सबल कांग्रेसका लागि समयमा १४ औं महाधिवेशन र तत्काल भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन आवश्यक : वरिष्ठ नेता पौडेल
४ नम्बर प्रदेशलाई पर्यटन हब बनाउँछौ : गुरुङ
४ नम्बर प्रदेशलाई पर्यटन हब बनाउँछौ : गुरुङ
सलमान खानले कति लिए बिग बोसको हरेक सिजनमा ?
सलमान खानले कति लिए बिग बोसको हरेक सिजनमा ?
मंगलबार सम्म भागबण्डा टुंग्याएर त्यहिँ दिन बेलुका सम्म या बुधबार मन्त्रिपरिषद् विस्तार हुन सक्ने
मंगलबार सम्म भागबण्डा टुंग्याएर त्यहिँ दिन बेलुका सम्म या बुधबार मन्त्रिपरिषद् विस्तार हुन सक्ने
बिजुली कात्ने कर्मचारीमा कुलमानको छद्के ।
बिजुली कात्ने कर्मचारीमा कुलमानको छद्के ।
तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु : सांसद डा वाग्ले
तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु : सांसद डा वाग्ले
राष्ट्र बैंकको टोली भारु सटहीको लागि भोलि भारत जाँदै
अनलाइनबाटै घरघरमा फापरको झिलिङ्गा र खुर्पानीको सुकुटी
अनलाइनबाटै घरघरमा फापरको झिलिङ्गा र खुर्पानीको सुकुटी
उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिव भट्ट बर्खास्त
उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिव भट्ट बर्खास्त

तपाईंले छुटाउनुभयो कि?