आत्महत्याको संकेत कसरी पहिचान गर्ने ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
२४ पटक हेरिएको
Shares
आत्महत्याको संकेत कसरी पहिचान गर्ने ?

सारांश

  • विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार संसारभर बढी आत्महत्याका घटना हुने देशहरूमा नेपाल सातौँ स्थानमा पर्छ ।
  • अझ महिलाको आत्महत्याका घटनालाई हेर्ने हो भने नेपाल विश्वमै तेस्रो स्थानमा पर्दछ ।
  • आत्महत्या गर्नुका पछाडि यही नै कारण हो भन्न सकिन्न ।

विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार संसारभर बढी आत्महत्याका घटना हुने देशहरूमा नेपाल सातौँ स्थानमा पर्छ । अझ महिलाको आत्महत्याका घटनालाई हेर्ने हो भने नेपाल विश्वमै तेस्रो स्थानमा पर्दछ । आत्महत्या गर्नुका पछाडि यही नै कारण हो भन्न सकिन्न । तर पनि आत्महत्या गर्नुमा केही कारणले भने भूमिका खेल्दछ । ९० प्रतिशत मानिस आत्महत्या मानसिक रोगको कारणले गर्ने गर्दछन् । विभिन्न मानसिक रोगहरूमध्ये डिप्रेसनलाई आत्महत्या गर्न सघाउ पु¥याउने प्रमुख रोगको रूपमा मानिन्छ । यसका साथै बाइपोलार डिसअर्डर, स्किजोफेनियाजस्ता मानसिक रोगहरूले पनि आत्महत्या गर्न सघाउ पु¥याउँछ ।

पुरुषमा ४५ वर्ष र महिलामा ५५ वर्षको उमेरपछि आत्महत्याको सम्भावना बढ्ने गरेको तथ्यांक पाइन्छ । आत्महत्याको प्रयास गर्ने मानिस प्रायजसो उदासी र निराश भावनाले भरिएको हुन्छ । उनीहरूले सोच्छन् कि उनीहरूको अब कुनै विकल्प छैन । मानिसले गर्ने विभिन्न व्यवहारमा आत्महत्या गर्न सक्ने संकेत देखिन सक्छ । यी चेतावनी संकेत चिह्नहरू महत्वपूर्ण छ । जुन संकेत चिह्न परिवारको सदस्य वा साथीहरूले अनुभव गर्न सक्दछन् । जुन क्रियाकलापलाई अध्ययन गरेर दुखद आत्महत्या प्रयास वा मृत्युबाट रोक्न सकिन्छ ।

आत्महत्या गर्ने शैली

पुरुषले घरको सिलिङमा झुन्डिने र नदीमा हामफालेर आत्महत्याको प्रयास गर्ने गरेको पाइन्छ ।

महिलाले भने धेरैजसोले हातको नसा काट्ने, निद्रा लाग्ने औषधि अधिक मात्रामा सेवन गरी आत्महत्याको प्रयास गर्ने गरेको पाइन्छ । कतिपयले झुन्डिएर आत्महत्या गर्ने गरेको पाइएको छ ।

मानसिक रोगका साथसाथै मानिसको आफ्नै प्रयासबाट आत्महत्याको अवस्थासम्म पुग्ने गर्दछन् ।

कारण तथा लक्षण

अत्यधिक मात्रामा निराशा महसुस गर्नु ।

एक्लोपन महसुस गर्नु ।

चिन्तित तथा उत्तेजित महसुस गर्नु ।

जीवनमा बाँच्नका लागि कुनै कारण नभएको महसुस गर्नु ।

आत्महत्या गर्नु मात्र समाधान देख्नु ।

व्यक्तिगत हानि गर्ने तरिका खोज्नु जस्तै– बन्दुक खरिद गर्नु ।

अत्यन्त धेरै सुत्नु वा अत्यन्त कम सुत्नु ।

धेरै खाना खाने वा अत्यन्त कम खाना खाने, परिणामस्वरूप अत्यन्त धेरै वजन बढ्नु वा अत्यन्त धेरै वजन घट्नु ।

अत्यधिक लागुपदार्थको प्रयोग ।

सामाजिक कार्यमा सहभागी नहुने वा अरूसँग बोल्न नचाहने ।

बदलाको खोजी गर्ने, धेरै रिसाउने ।

रोकथाम कसरी गर्ने ?

माथि उल्लेखित संकेतचिह्न सुरुमै देखिनासाथ उचित परामर्श, मनोशारीरिक परामर्श र आवश्यक भएमा मनोचिकित्सकसँग सल्लाह लिई उपचार गर्न सकेमा आत्महत्यालाई न्यूनीकरण गर्न सकिन्छ । विशेष गरेर परिवारका सदस्यहरूले आत्महत्याको संकेतचिह्नलाई पहिचान गरेर उत्प्रेरणा दिँदै उनीहरूलाई समय धेरै दिनु आवश्यक हुन्छ । यसका साथै समयमा मनोविद्हरूसँग लगेर परामर्श लिने वातावरण तयार गरिदिनुपर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज २ हजार ७१ कोरोना संक्रमित थपिए
आज २ हजार ७१ कोरोना संक्रमित थपिए
ओखलढुङगाका काँग्रेस नेताद्धयको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै कार्यकर्ताद्धवारा सर्वत्र विरोध
ओखलढुङगाका काँग्रेस नेताद्धयको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै कार्यकर्ताद्धवारा सर्वत्र विरोध
हिन्दु राष्ट्र र राजसंस्था आफनो पार्टीको प्राण हो:कमल थापा
हिन्दु राष्ट्र र राजसंस्था आफनो पार्टीको प्राण हो:कमल थापा
बाढी र पहिरोबाट ब्राजिलमा छको मृत्यु
बाढी र पहिरोबाट ब्राजिलमा छको मृत्यु
पहिराेमा परी दुर्इजना बेपत्ता !
पहिराेमा परी दुर्इजना बेपत्ता !
प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराईरमधेस द्रुतमार्ग अवलोकन
प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराईरमधेस द्रुतमार्ग अवलोकन
जी–२० बैठकः व्यापार युद्धविरामको सहमति, विवाद र आशंका जीवितै
जी–२० बैठकः व्यापार युद्धविरामको सहमति, विवाद र आशंका जीवितै
चक्रपथ विस्तार :  काम सुरु हुन एक वर्ष लाग्ने
चक्रपथ विस्तार : काम सुरु हुन एक वर्ष लाग्ने
“मदनभण्डारीले भन्नुभएको छ,राजनीतिको रङ्ग खैरो र रेडक्रसको  रङ्ग हरियो हुन्छ रे “-पूर्वउद्योगमन्त्री बस्नेत
“मदनभण्डारीले भन्नुभएको छ,राजनीतिको रङ्ग खैरो र रेडक्रसको रङ्ग हरियो हुन्छ रे “-पूर्वउद्योगमन्त्री बस्नेत
सैन्य कारबाहीमा तालिबानका कमाण्डर मारिए
सैन्य कारबाहीमा तालिबानका कमाण्डर मारिए

तपाईंले छुटाउनुभयो कि?