पूर्वराज्यमन्त्री जबेगु माओवादी परित्याग गरी एमाले प्रवेश

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ४, २०७७
|
|
२० पटक हेरिएको
Shares
पूर्वराज्यमन्त्री जबेगु माओवादी परित्याग गरी एमाले प्रवेश

सारांश

  • पूर्वराज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका पूर्वपोलिटब्यूरो सदस्य श्रीप्रसाद जबेगु नेकपा एमाले प्रवेश गरेका छन् ।
  • सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि एमाले प्रवेश गरेका जबेगु संविधानसभा सदस्य समेत हुन ।
  • उनी दोस्रो संविधानसभामा माओवादीबाट समानुपातिक सभासद थिए ।

पूर्वराज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका पूर्वपोलिटब्यूरो सदस्य श्रीप्रसाद जबेगु नेकपा एमाले प्रवेश गरेका छन् । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि एमाले प्रवेश गरेका जबेगु संविधानसभा सदस्य समेत हुन ।

उनी दोस्रो संविधानसभामा माओवादीबाट समानुपातिक सभासद थिए । जबेगु २०७३ सालमा प्रचण्डको नेतृत्वमा गठन भएको सरकारमा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री र पशुपंक्षि बिकास राज्यमन्त्री थिए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुनु अगाडि नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य रहेका जबेगु पार्टी एकतापछि जिम्मेवारी विहीन थिए । एकताको क्रममा कुनै पनि जिम्मेवारी नदिइएपछि असन्तुष्ट रहेका जबेगुले दृष्टिन्यूजसँग कुरा गर्दै भने– ‘पार्टी एकतापछिको यो समयसम्म कुनै पनि जिम्मेवारी दिइएन । पार्टी नेतृत्वले यो कारण कारवाही गरियो पनि भनेन त्यसैले पार्टी परित्यग गरे ।’पार्टीले पहिले नेकपा एमालेलाई जुन दृष्टिकोणबाट हेर्ने गरेको थियो त्यो पार्टी एकताको क्रममा सकियो, त्यसैले एमाले र माओवादी जता रहेर पनि जनताको काम गर्न सकिन्छ भन्ने मेरो बुझाइ हो, उनले भने ।

जबेगुले माओवादी केन्द्र निकट लिम्बुवान मुक्ति मोर्चाको अध्यक्षको रुपमा तीन कार्यकाल नेतृत्व गरेका थिए । एमाले प्रवेश गरेका जबेगुको जिम्मेवारीबारे एमालेले निर्णय गरिसकेको छैन ।–दृष्टिबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?