बीमाको लोभमा साहु नै चोर निस्किए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १६, २०७६
|
|
४१ पटक हेरिएको
Shares
बीमाको लोभमा साहु नै चोर निस्किए

सारांश

  • बीमांक लिन चोेरी भएको नाटक गरेपछि प्रहरीले काठमाडौं बाफलका ६६ वर्षीय देवराज खड्कालाई पक्राउ गरेको छ ।
  • महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
  • नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

बीमांक लिन चोेरी भएको नाटक गरेपछि प्रहरीले काठमाडौं बाफलका ६६ वर्षीय देवराज खड्कालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । प्रहरीका अनुसार ३२ लाख १० हजार रुपैयाँ मूल्यबराबरको विभिन्न ब्रान्डका रक्सी चोरी भएको भन्दै उनले ६ जेठमा प्रहरी कार्यालयमा जाहेरी गरेका थिए । जाहेरीलगतै प्रहरी घटनास्थल पुगेको थियो । जाहेरीमा उल्लेख भएजस्तो चोरी नभएको खुलेपछि प्रहरीले जाहेरीवाला खड्कामाथि नै अनुसन्धान गरेको थियो ।

वृत्त प्रमुख डिएसपी देवेन्द्र पालले बिमाबापतको रकम लिन चोरीको नाटक गरेकोे खुलेको बताए । उनले भने, ‘रक्सी पसल चोरी भएको भन्दै हामी कहाँ उजुरी प(यो । अनुसन्धानमा प्रहरी खटिए । तर, चोरी भएको प्रमाण कतै भेटिएन । त्यसपछि अनुसन्धान जाहेरीवालामै केन्द्रित ग(यौँ । यसक्रममा उनैले चोरी नभएको बताए । कारण बुझ्दा बिमाबापतको रकम असुल्न नाटक गरेको खुल्यो ।’

प्रहरीका अनुसार उनको बाफलस्थित निजी घरको भुइँ तलामा दाजुभाइ मधुशालानामक रक्सी पसल छ । सोही पसलबाट विभिन्न १० ब्रान्डका एक सय ५० कार्टुन चोरी रक्सी भएको जाहेरीमा उल्लेख छ । घटनास्थल पुगेका प्रहरीले पसल आसपासका छिमेकीसँग बयान लियो । घरमा डेरा गरी बस्नेसँग पनि सोधपुछ ग¥यो । तर, चोरी भएको खुल्ने कुनै प्रमाण फेला परेन । त्यसपछि अनुसन्धान जाहेरीवाला खड्कामाथि केन्द्रित भएको थियो ।

डिएसपी पालले भने,‘ एक सय ५० कार्टुन रक्सी चोरी हुनु सामान्य विषय थिएन । यसका लागि ट्रक नै घटनास्थल पुग्नुपर्छ । जाहेरीमा उल्लेख भएको मितिमा यस्तो ट्रक आए–नआएको बुझ्यौँ । तर, ट्रक देख्ने व्यक्ति कोही फेला परेन । आसपासका छिमेकीसँग सोध्यौँ । उनकै घरमा डेरा गरी बस्नेसँग पनि सोध्यौँ । तर, प्रमाण फेला परेन । त्यसपछि मात्रै हामीले खड्कासँग सोधपुछ ग(यौँ । यही क्रममा घटना नक्कली रहेको खुल्यो ।’

प्रहरीका अनुसार केही महिनाअघि मात्रै उनले रक्सी पसलको बिमा लाइफ इन्स्योरेन्स कम्पनीमा गराएका थिए । त्यसलगतै बिमाबापतको रकम लिन उनले विभिन्न जुक्ति लगाउन थाले । चोरीको प्रतिवेदन पेस गर्दा बिमाबापतको रकम लिन सकिने निष्कर्षमा उनी पुगे । प्रतिवेदनका लागि उनले पसल चोरी भएको झुटो जाहेरी प्रहरीलाई दिए । डिएसपी पालले भने, ‘बिमाबापतको रकम लिन प्रहरीको सिफारिस आवश्यक पर्ने देखियो । यसैका लागि झुटो जाहेरी दिएको देखिन्छ । उनले विगतमा पनि यस्ता घटना गराएको हुन सक्छ । यस सम्बन्धमा थप अनुसन्धान जारी छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अफगानी टोलीले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रीसंग हतियार खै भनेपछि…
अफगानी टोलीले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रीसंग हतियार खै भनेपछि…
अनावृष्टिः सात लाख हेक्टर जमिनमा असर
अनावृष्टिः सात लाख हेक्टर जमिनमा असर
नेपाल-भारत सिमामा आउत जावत गर्न  परिचयपत्र देखाउनु पर्ने
नेपाल-भारत सिमामा आउत जावत गर्न परिचयपत्र देखाउनु पर्ने
Unlocking the Full Potential of Driver Booster 11 Pro with a Crack Download Guide
बिमिस्टेकमा भाग लिन भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार आइपुगे
बिमिस्टेकमा भाग लिन भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार आइपुगे
भारतमा बिजुलीको भाउ बढेपछि नेपालमा समस्या, आज रातिदेखि १९ रुपैयाँ प्रतियुनिटमा आयात हुने
जेठ २७ गते मंगलबारको राशिफल यस्तो छ
जेठ २७ गते मंगलबारको राशिफल यस्तो छ
एमाले माअाेवादी कार्यकर्तालाई प्रचण्डको प्रश्नः क्रमभंग गर्न तयार छौँ ?
एमाले माअाेवादी कार्यकर्तालाई प्रचण्डको प्रश्नः क्रमभंग गर्न तयार छौँ ?
टीभीमा फेरि अर्को काण्ड, कार्यक्रममै हात हालाहाल !
टीभीमा फेरि अर्को काण्ड, कार्यक्रममै हात हालाहाल !
भारतले चीनविरुद्ध दलाई लामा ‘तिब्बत कार्ड’ खेलिरहेको,  जवाफमा ‘सिक्किम कार्ड’ ?
भारतले चीनविरुद्ध दलाई लामा ‘तिब्बत कार्ड’ खेलिरहेको, जवाफमा ‘सिक्किम कार्ड’ ?