आनी छोइङ डोल्माको कनेक्सन फ्रि-तिब्बततिर ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १, २०७६
|
|
२७ पटक हेरिएको
Shares
आनी छोइङ डोल्माको कनेक्सन फ्रि-तिब्बततिर ?

सारांश

  • चर्चित गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको मेघा बैंकस्थित खातामा १५ लाख अमेरिकी डलर(१८ करोड नेरु) जम्मा भएको घटनाले अहिले नेपालको आर्थिक मात्र होइन राजनीतिक र काठमाडौंस्थित विदेशी कूटनीतिक क्षेत्रलाई समेत तताइदिएको छ ।
  • उनको खातामा यति ठूलो रकम कहाँबाट के उद्देश्यले आयो भन्ने सन्तोषजनक जवाफ आनीले दिन सकेकी छैनन् भने यो रकमको वैधानिक स्रोत पनि उनले सार्वजनिकरुपमा खुलाउन सकेकी छैनन् ।
  • उनको खातामा आएको १५ लाख अमेरिकी डलरको स्रोत खुल्न नसकेपछि मेघा बैंकले यो रकम आनी छोइङ डोल्मालाई भुक्तानी गर्न अस्वीकार गरेको छ र स्रोत बिनाको १५ लाख डलर आनीको खातामा जम्मा हुन आएको सम्बन्धमा नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरणलाई मेघा बैंकले जानकारी गराएको स्रोत बताउछ ।

चर्चित गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको मेघा बैंकस्थित खातामा १५ लाख अमेरिकी डलर(१८ करोड नेरु) जम्मा भएको घटनाले अहिले नेपालको आर्थिक मात्र होइन राजनीतिक र काठमाडौंस्थित विदेशी कूटनीतिक क्षेत्रलाई समेत तताइदिएको छ । उनको खातामा यति ठूलो रकम कहाँबाट के उद्देश्यले आयो भन्ने सन्तोषजनक जवाफ आनीले दिन सकेकी छैनन् भने यो रकमको वैधानिक स्रोत पनि उनले सार्वजनिकरुपमा खुलाउन सकेकी छैनन् ।

उनको खातामा आएको १५ लाख अमेरिकी डलरको स्रोत खुल्न नसकेपछि मेघा बैंकले यो रकम आनी छोइङ डोल्मालाई भुक्तानी गर्न अस्वीकार गरेको छ र स्रोत बिनाको १५ लाख डलर आनीको खातामा जम्मा हुन आएको सम्बन्धमा नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरणलाई मेघा बैंकले जानकारी गराएको स्रोत बताउछ ।

यस सम्बन्धमा नेपाल राष्ट्र बैंकसंगै सम्पत्ति शुद्धीकरण र नेपाल प्रहरीको सीआईबीले अनुसन्धान अगाडि बढाइराखेको खबर छ । स्रोत नखुलेको यति ठूलो रकम एउटी गायिकाको खातामा आएको सम्बन्धमा अहिलेसम्म नेपाल सरकारले केही बोलेको छैन ।

रहस्यमय यो रकम हङकङस्थित एसेट म्यानेजमेन्ट कम्पनीको एकजना व्यक्तिले पठाएको बताइएको छ । तर यो रकमको तार स्वतन्त्र तिब्बत आन्दोलनसंग जोडिएको त छैन भन्ने प्रश्न पनि उठ्ने गरेको छ । आनी छोइङ डोल्माको रहस्यमय गतिविधिका बारेमा सुरक्षा निकायका साथै कूटनीतिक क्षेत्रले समेत चासो व्यक्त गर्न थालेको गृह स्रोत बताउछ ।

‘विदेशबाट रकम भित्र्याउन नेपाल सरकारसंग अनुमति लिनुपर्नेमा सरकारका कुनै पनि निकायलाई जानकारीसमेत नदिई करीब २० करोड रुपैयाँ उनले भित्र्याइसकेकी छिन् । अनुसन्धानमा संलग्न उच्च अधिकारीले भने, ‘पछि आउन खोजेको १८ करोडभन्दा बढी रुपैयाँ भने नेपाल राष्ट्र बैंकले रोकिदिएको छ ।’ साँघुन्युजबाट

यो पनि पढ्नुस्

भोली स्याक्समाण्डुमा गुन्जदै शुभबहादुर

चर्चित स्याक्सोफोनवादक तथा संगीतकार शुभबहादुर सुनामको एकल सांगीतिक प्रस्तुति हुने भएको छ । सांस्कृतिक संस्थानको आयोजनामा हुन लागेको स्याक्समाण्डु शिर्षकमा हुन लागेको कार्यक्रममा सुनामले चर्चित गीतहरुमा स्याक्साफोन वादन गर्ने छन् । कार्यक्रम भोली साँझ ५ बजे राष्ट्रिय नाँचघर, जमलमा हुँदैछ । कार्यक्रममा उनलाई अमूल कार्की लगायतका चर्चित वाद्यवादकले साथ दिने सांस्कृतिक संस्थाका महाप्रवन्धक राजेश थापाले बताए ।

कार्यक्रममा सुभन लिम्बु, रोमिन सुनाम, मदन सिंह नेपाली लगायतका कलाकारले गायन प्रस्तुत गर्नेछन् । कुशलवाद्यवादकको परिचय बनाएका शुभबहादुर २००५ पुस २१ गते काठमाडौैँको क्षेत्रपाटीमा जन्मिएका हुन् । सुनामको परिवारका अधिकांस संगीत क्षेत्रमा आवद्ध छन् । सैनिक ब्याण्डमा समेत आवद्ध भएका सुनाम जर्नेल पदबाट अवकाश प्राप्त बाद्यवादक हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बर्दियामा बाघको आक्रमणमा परी माउतेको मृत्यु
बर्दियामा बाघको आक्रमणमा परी माउतेको मृत्यु
आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज मनाइँदै, गण्डकी प्रदेशमा सार्वजनिक विदा
आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज मनाइँदै, गण्डकी प्रदेशमा सार्वजनिक विदा
गगन थापाको क्षेत्रका उम्मेदवार वैद्यको उजुरीमा मंगलबारसम्म फैसला हुन्छ- निर्वाचन आयोग
गगन थापाको क्षेत्रका उम्मेदवार वैद्यको उजुरीमा मंगलबारसम्म फैसला हुन्छ- निर्वाचन आयोग
नेपाल राष्ट्र बैंकले १० अर्ब मुद्धती निक्षेप राख्ने
नेपाल राष्ट्र बैंकले १० अर्ब मुद्धती निक्षेप राख्ने
बौद्ध धर्मको उद्गमस्थल नेपाल भएकोमा कुनै विवाद छैन : परराष्ट्र मन्त्रालय
बौद्ध धर्मको उद्गमस्थल नेपाल भएकोमा कुनै विवाद छैन : परराष्ट्र मन्त्रालय
मोटरसाइकल र साइकल ठोक्किँदा एकको मृत्यु, २ घाइते
मोटरसाइकल र साइकल ठोक्किँदा एकको मृत्यु, २ घाइते
नेपाली वैज्ञानिकले बनाएको नेपालको पहिलो भूउपग्रह प्रक्षेपण हुँदै
नेपाली वैज्ञानिकले बनाएको नेपालको पहिलो भूउपग्रह प्रक्षेपण हुँदै
पश्चिम नेपालमा उखरमाउलो गर्मी, मनसुन फैलिन अझै केही दिन लाग्ने
पश्चिम नेपालमा उखरमाउलो गर्मी, मनसुन फैलिन अझै केही दिन लाग्ने
कांग्रेस सभापतिहरुको एकै स्वर : केन्द्रीय समितिको निर्णय पुनःविचार गर
कांग्रेस सभापतिहरुको एकै स्वर : केन्द्रीय समितिको निर्णय पुनःविचार गर
कोरोना भाइरसः चीनमा ज्यान गुमाएका नेपालीको शव ल्याउन समस्या
कोरोना भाइरसः चीनमा ज्यान गुमाएका नेपालीको शव ल्याउन समस्या

तपाईंले छुटाउनुभयो कि?